
आधुनिक समयमा स्वस्थकर रहन ठूलै चुनौती छ । यसका लागि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । लापरबाही गरियो भने धेरै रोगहरू लाग्ने खतरा रहन्छ । खासगरी खराब जीवनशैली, अनुचित खानपान र तनावका कारण मोटोपन, मधुमेह, उच्च रक्तचाप आदि रोगहरूले सताउन सक्छन् ।
यसले स्वास्थ्यमा मात्रै नराम्रो असर पर्दैन, आयुमा पनि पर्छ । चिकित्सकहरू सधैँ स्वस्थ रहन मेडिटेरेनियन र जापानी डाइट लिनुपर्ने सल्लाह दिन्छन् । भनिन्छ यसले आयु बढाउन मद्दत गर्छ ।
यदि तपाईं पनि आफ्नो लामो उमेरसम्म जिउन चाहनुहुन्छ भने मेडिटेरेनियन वा जापानी डाइटलाई फलो गर्नुहोस् । साथै यी चीजहरूदेखि टाढा रहनुहोस् ।
मदिरा नपिउनुहोस्
हामी सबैलाई थाहा छ, मदिराको सेवनले स्वास्थ्यमा प्रतिकूल असर पर्छ । यसले उच्च रक्तचाप, हृदयाघात र कलेजसम्बन्धी रोगको खतरा हुन्छ । सन् २०१८ मा भएको एक शोधले एक हप्तामा ७ देखि १४ पेग मदिरा पिउने व्यक्तिको आयु ६ महिना घट्छ । त्यस्तै हप्तामा १४ देखि २५ पेग पिउनेको आया एकदेखि दुई वर्ष आयु घट्छ । त्यस्तै सोभन्दा माथि पिउने व्यक्तिको आयु चारदेखि पाँच वर्षसम्म कम हुने शोधमा उल्लेख छ । त्यसैले मदिरा नपिउनुहोस् । यसले आयु कम गराउँछ ।
चिनी कम गर्नुहोस्
विशेषज्ञहरुका अनुसार शरीरमा अत्यधिक क्यालोरी र रगतमा चिनीको मात्रा बढ्नाले मोटोपन, क्यान्सर, मधुमेह, दाँत र कलेजसम्बन्धी रोगको खतरा बढ्छ । त्यस्तै चिया, कफी, चटनी, केचअप, केक, कोल्ड ड्रिंक्सलगायतको सेवन पनि सीमित मात्रामा गर्नुहोस् । यी जुस पिउनुको बदला बरु ताजा फल खानुहोस् ।
फ्राइ गरेका खानेकुरा नखानुहोस्
फ्रेन्च फ्राइज र आलु चिप्स नखानुहोस् । यसमा क्यालोरी उच्च मात्रामा पाइन्छ । त्यसैले यी खानेकुराहरूलाई सीमित गर्नुहोस् ।
लापरबाही गर्नुभयो भने मोटोपन र मधुमेहको खतरा बढ्छ । साथै कोलेस्ट्रोल पनि बढ्न थाल्ने छ । यसका लागि सधैँ फ्राइ गरेका खानेकुराबाट टाढा रहनुहोस् ।
धूमपान नगर्नुहोस्
भनिन्छ धूमपान गर्ने व्यक्तिको आयु सामान्य मानिसको अनुपातमा १० वर्ष कम हुन्छ । धूमपानले अकालमै हुने मृत्युको खतरा बढाउँछ । धूमपानले फोक्सो र मुटुमा समस्या सिर्जना गर्छ ।