×

NMB BANK
NIC ASIA

बजारमा 'नक्कली बाउ'को चर्चा

देउवालाई पाँचौंपटक सिंहदरबार पुर्‍याउने निर्णायक पात्र को ?

साउन ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

२०६३ साल माघ १ गते अन्तरिम संविधान जारी भएको केही समयपछि संविधान सभाको पहिलो निर्वाचन नहुँदै काठमाडौंको रोयल सिंगी होटलमा आयोजित पत्रकार सम्मेलनमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले संघीयताको मुद्दा आफूहरूले स्थापित गरेपछि दाबी गर्ने ‘बाउ’हरू धेरै देखिएको प्रतिक्रिया दिएका थिए ।

Muktinath Bank

त्यो आरोप अन्तरिम संविधानको विरोधमा स्थापित भएको तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलक्षित थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भट्टराईले भनेका थिए, ‘हामी(माओवादी)ले ९ महिनासम्म गर्भमा राखेर हुर्काएको सन्तान (संघीयता) हामीले ल्याएका हौं भनेर दाबी गर्ने नक्कली बाउहरूको बिगबिगी छ ।’


Advertisment
Nabil box
Kumari

माओवादी त छँदै थियो, उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम, जनजाति महासंघ र केही आईएनजीओ जसले आफूलाई संघीयताको जननी ठान्थे । 

Vianet communication
Laxmi Bank

त्यो बेला संघीयताको जननी आफू भएको भनेर दाबी गर्नेहरूको बिगबिगी जस्तै अहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्नेहरूको बिगबिगी छ ।

देउवालाई प्रधानमन्त्री बनाउनमा निर्णायक शक्ति को हो ? देउवा प्रधानमन्त्री बन्नुमा एउटा शक्ति मात्र नभएर बहुआयामिक फ्याक्टरले काम गरेको छ ।

सर्वोच्च अदालत

सर्वोच्च अदालतको साउन २८ गतेको परमादेशपछि केपी शर्मा ओलीलाई विस्थापित गरेर शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बने ।

सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गरिदिएको भनेर टिप्पणी भइरहेको छ । यदि सर्वोच्च अदालतले त्यो परमादेश नदिएको भए पक्कै पनि देउवा प्रधानमन्त्री बन्ने थिएनन् ।

नेकपा एमालेले अहिलेको सरकारलाई ‘जनादेशको नभई परमादेशको सरकार’ भनेर टिप्पणी गरेको छ । यसैगरी माधव नेपालले सरकारको नेतृत्व गरेका बेला माओवादीका मिडियाले ‘कठपुतली सरकार’का प्रधानमन्त्री भनेर टिप्पणी गर्दथे । 

सर्वोच्च अदालतका न्यायाधीशले हामीले सरकार बनाइदियौँ भनेका छैनन र भन्ने कुरापनि भएन । तर अदालत परिसरमा जाने हो र चिया पसलहरूमा सुन्ने हो भने सर्वोच्चले सरकार बनाइदियो भनेको सुनिन्छ ।

यो सरकार सर्वोच्चले बनाइदिएको हो कि कसले भन्नेमा संसद्मा समेत बहस हुने गरेको छ ।

साउन ३ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिने दिन कांग्रेस नेता मीनेन्द्र रिजालले सर्वोच्चले सरकार बनाइदिएको नभई सर्वोच्चले संविधानको व्याख्या गरेको बताएका थिए ।

प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा साउन ८ गते एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधि सभा बैठकमा परमादेशबाट बनेका प्रधानमन्त्रीलाई बधाई दिनुपर्ने अवस्था आएको बताएका थिए । 

‘हामीलाई यसपटक जनताले जनादेश दिएका छैनन् भनेर कांग्रेसकै साथीहरूले संसद्मा भन्नुभएको थियो, अहिले बधाई दिनुपर्ने अबस्था आयो । कहिले जनादेश प्राप्त भएछ थाहा भएन, तर सम्मानित अदालतको परमाशदेबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौं,’ नेम्वाङले भनेका थिए । 

माधव नेपाल

अहिलेको सरकार गठन र प्रतिनिधि सभाको पुनःस्थापनामा नेकपा एमालेका नेता माधवकुमार नेपाल र उनीपक्षीय सांसदहरू पनि आफूहरूका कारण संसद् र संविधान जोगिएको दाबी गर्छन् ।

आफ्नै पार्टीको ह्वीप उल्लंघन गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २६ जनाको हस्ताक्षर लिएर माधव नेपाल राष्ट्रपति कार्यालय शीतलनिवास पुगे ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नबनाएपछि २३ जना सांसद सर्वोच्च अदालतमा पुगेर देउवाको पक्षमा हस्ताक्षर गरे । 

‘कल्पना गर्नुस्, यदि माधव नेपालले फ्लोर क्रश गरेर हिम्मत नगरेको भए के देउवा प्रधानमन्त्री बन्थे ? संसद् जोगिन्थ्यो ?’ माधव नेपाल पक्षका एक सांसदले लोकान्तरसँग भने । 

एमालेको संस्थापन पक्षको बुझाइ पनि त्यस्तै छ, अहिलेको यो परिस्थिति जन्मनुको मुख्य जिम्मेवार माधव नेपाल भएको आरोप लगाए । साउन ३० गते बालुवाटार छाडेर बालकोट पुगेपछि ओलीले अहिलेको परिस्थिति (एमालेको सरकार गुम्ने अवस्था)को निर्माण गर्ने र विकास प्रेमी सरकार ढाल्ने अगुवाइ गर्ने माधव नेपाल भएको आरोप लगाएका थिए । साउन ८ गते आयोजित एक कार्यक्रममा नेता नेपालले देउवाको पक्षमा मतदान गर्ने सांसदलाई सलाम गर्छु भनेका थिए । 

देउवाको पक्षमा हस्ताक्षर गरेबापत माधव नेपाल पटक पटक स्पष्टीकरण सोधाइमा परेका छन् ।

गठबन्धनका सूत्राधार प्रचण्ड

माओवादी नेताहरू भने सत्ता परिवर्तनको होल प्रकरणको नायक पुष्पकमल दाहाल प्रचण्ड भएको दाबी गर्छन् । 

नेकपाभित्र ओलीलाई चुनौती दिनेदेखि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेसम्मको प्रकरणको नायक प्रचण्ड भएको उनीहरूको दाबी छ ।

प्रचण्डले संसद्मा सम्बोधन गर्ने क्रममा आफूले ८ जनलाई प्रधानमन्त्री बनाएको र कतिलाई बनाएपछि गिनिज बूकमा नाम रेकर्ड हुने हो भनेर प्रश्न गरेका थिए । 

२०७४ फागुन ३ मा प्रचण्डकै समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । ओलीको नेतृत्वमा सरकार गठन भएलगत्तै दुई पार्टी मिलेर नेकपा गठन भएको थियो । 

पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै नेकपा विभाजनउन्मुख भएको थियो । सर्वोच्च अदालतको फागुन २३ को फैसलाले नेकपा एकता भंग भएपछि माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो । 

हुन पनि एमाले नेता माधव नेपाललाई फ्लोर क्रस गराउनमा प्रचण्डले योगदान गरेका थिए । 

उपेन्द्र यादव 

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पनि अहिलेको गठबन्धन निर्माणमा आफूहरू निर्णायक भएको दाबी गर्दै आएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन भनेर शुरूमा १२ जना सांसदले हस्ताक्षर गरेका थिए । साउन ३ गते देउवाले विश्वासको मत लिने दिनसम्ममा उपेन्द्र पक्षका १८ जनाले मतदान गरेका थिए ।

हुन त अन्तिममा जसपाका सबै सांसदले देउवालाई मत दिए । उपेन्द्र पक्षको दाबी भने अहिलेको सरकार बन्नुमा मुख्य योगदान जसपाको छ । 

‘कांग्रेस र माओवादी जोड्दा ११० सांसद छन् । मालेको माधव नेपालका २३ जना जोड्दा १३३ पुग्थ्यो । जसपाको समर्थनविना कसरी बहुमत पुग्थ्यो ?’ जसपा कार्यकारीणी समितिका एक सदस्यको जिकिर छ ।

बाह्य फ्याक्टर 

केपी ओलीको सरकार विस्थापन र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाएको जस लिने होड स्वदेशमा मात्र छैन । कांग्रेस, माओवादी, एमालेको माधव नेपाल पक्ष र उपेन्द्र यादव पक्षका सांसदको हस्ताक्षर र सर्वोच्च अदालतको आदेशले देउवा प्रधानमन्त्री बनेको प्रस्ट देखिए पनि अन्य टिकाटिप्पणी पनि भइरहेका छन् । 

राजनीतिक पण्डितहरू ओली सरकार ढल्नुमा ‘संघीयता र धर्मनिरपेक्षताप्रति ओलीको वितृष्णा’ रहेकोले ती एजेण्डा स्थापित गर्ने शक्ति लागिपरेको दाबी गर्छन् । परन्तु, त्यो दावी र वास्तविकतामा कतै मेल खादैन ।

अर्काथरी राजनीतिक पण्डितहरू चाहिँ ओली सरकार विस्थापित हुनु र देउवाको सरकार बन्नुमा बहुचर्चित अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई कारण देखाउँछन् । 

विगतमा नेपालमा सरकार गठन विघटनमा भारतको पनि प्रत्यक्ष चासो रहन्छ भन्ने अनुमान र विश्लेषण गर्ने गरिन्थ्यो । नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग ‘केमेस्ट्री मिलेको’ दाबी गर्दथे । हालसालै मात्र पनि नेपालका एक पूर्व प्रधानमन्त्रीले भारतलाई समेत ‘कम्फरटेबल’ सरकार बन्नुपर्ने धारणा राखेका थिए ।

भारतका सञ्चार माध्यमले ‘भारतसँग निकट’ देउवा प्रधानमन्त्री भनेर लेखे पनि भारतले देउवालाई बधाई दिन भने हतार गरेन ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउन ४ गतेमात्र फोन गरेर बधाई दिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x