०२ असार २०८३, मंगलबार

चीनले सिन्ज्याङमा क्षेप्यास्त्रहरूको भण्डार बनाइरहेको अमेरिकी वैज्ञानिकहरूको खुलासा

साउन १३, २०७८
चीनले सिन्ज्याङमा क्षेप्यास्त्रहरूको भण्डार बनाइरहेको अमेरिकी वैज्ञानिकहरूको खुलासा

चीनले क्षेप्यास्त्रहरूको भण्डार (साइलो) बनाइरहेको सीएनएनले लेखेको छ । 

अमेरिकी वैज्ञानिकहरूको महासंघको एक प्रतिवेदनलाई उद्धृत गर्दैै सीएनएनले सिन्ज्याङ प्रान्तमा ११० वटा साइलोहरू पत्ता लागेको लेख्यो । 

सोमवार प्रकाशित प्रतिवेदन भूउपग्रहीय तस्वीरहरूमा आधारित छ । गान्सु प्रान्तको युमेन नजिक एउटा साइलो पहिले नै रहेकोमा त्यसभन्दा ३८० किलोमिटर पर सिन्ज्याङ प्रान्तको हामी भन्ने ठाउँमा दोस्रो साइलो भेटिएको हो । 

हामीमा गत मार्च महिनादेखि निर्माणकार्य भइरहेको र द्रुत गतिमा त्यो अघि बढिरहेको दाबी गरिएको छ । उक्त क्षेत्रलाई ग्रिड जस्तो गरी विकसित गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

हामी निर्माण स्थलमा १४ वटा संरचना देखिएको महासंघले भूउपग्रह तस्वीरका आधारमा बतायो । प्लानेट नामक संस्थाले उक्त क्षेत्रका हाई रिजोल्युसन तस्वीरहरू उपलब्ध गराएको हो । 

चीनको यो निर्माणले विश्वलाई जोखिममा पारेको अमेरिकाको यूएस स्ट्राटेजिक कमान्डले ट्वीट गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्