कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
साउन १३, २०७८
केही दिनअघि राजधानी काठमाडौंको घण्टाघर अगाडि एउटा अनौठो दृश्य देखियो ।
पछाडिको सीटमा क्रेट बाँधिएको साइकलमा एक युवक अघि बढ्दै थिए ।
साइकलको अगाडि टाँसिएको थियो– दाइको तातो खाना ।
सो दृश्यले स्वाभाविक रूपमा ध्यान तान्यो । उनका सामु पुगेर केही जिज्ञासा राखेँ ।
***
नाम कृष्ण श्रीवास्तव । उमेर २५ वर्ष । पहिचान नै यत्ति मात्र ।
भारतीय नागरिक रहेकी आमा लागूऔषध कारोवारको मुद्दामा नेपालमा जेल परेपछि उनी यहीँको अनाथालयमा हुर्किएका रहेछन् ।
संस्थामै रहेर एसएलसी र बाहिर निस्किएपछि प्लस टुसम्मको अध्ययन गरेको बताउने श्रीवास्तव नेपालमा कोरोना महामारी शुरू भएदेखि नै खाना बाँड्ने काममा सक्रिय रहेछन् ।
स्पोन्सरले घरभाडा तथा खानाका लागि दिएको र ज्यालादारी कामबाट कमाएको पैसा समेत यही काममा लगाएको उनको दाबी छ ।
***
कुराकानीका क्रममा उनले यसरी आफ्नो कथा सुनाए–
पहिलो लकडाउन हुँदा म भक्तपुर बस्थें ।
सीटीईभीटीबाट अटोमोबाइल कोर्स गरिरहेको थिएँ ।
यही बीचमा लकडाउन भयो ।
मलाई काठमाडौंको अवस्था कस्तो छ भनेर हेर्न मन लाग्यो ।
हस्पिटलको कार्ड बनाई हातमा ब्यान्डेज बाँधेर काठमाडौं आएँ ।
ठमेल पुग्दा मान्छेहरूको साह्रै बिजोग देखें ।
लकडाउन भएको ३/४ दिन भइसकेको थियो । सबैले खाना मागिरहेका थिए ।
त्यसपछि विभिन्न टीमसँग मिलेर खाना बाँड्ने काममा सक्रिय भएँ ।
सेकेन्ड लट (निषेधाज्ञाको समय)मा चाहिँ म आफैंले बाँडेको छु ।
आफूसँग बचत भएको केही पैसाबाट खाना बाँड्न थालें ।
अहिलेचाहिँ कसैले सहयोग दिनुभयो भने त्यसैबाट बाँडिरहेको छु ।
जस्तै, कसैले आज मेरो 'बर्थ डे' छ, सहयोग गर्न चाहन्छु भनेर पैसा दियो भने म त्यही पैसाले खाना बनाएर बाँड्छु ।
अहिले एक दिन बिराएर खाना खुवाइरहेको छु ।
लकडाउनको शुरूमा दैनिक ४ सय ५ सय जनासम्मलाई खाना खुवाएँ ।
अरू ठूल्ठूला ठाउँमा गएर खाना खुवाउँछन्, मचाहिँ साइकलमा कुनाकाप्चामा जान्छु ।
सडकमा सुतिरहेका मान्छेलाई उठाएर खाना खुवाउँछु ।
टुँडिखेलदेखि बालाजु र नयाँ बसपार्कसम्म पुगेर खाना खुवाउने गरेको छु ।
***
म सानै उमेरदेखि संस्थामा हुर्किएको बच्चा हो ।
१८ महिनाको हुँदा मलाई नेपाल बाल संगठन गृहमा लगिएछ ।
त्यो सरकारी संस्था हो ।
त्यहाँ लैजाँदा म निकै सानो थिएँ । मलाई थाहा नै छैन ।
७/८ वर्षको हुँदा पीए नेपाल नामक संस्थामा शिफ्ट गरियो । म त्यहीँ हुर्किएँ ।
संस्थाबाट निस्किएपछि धेरै दु:ख पाएँ ।
जंगलमा गएर रुखमा पनि बसेको छु । सडकमा सुतें । भोकै पनि बसें ।
लकडाउन भएपछि धेरैले दु:ख पाएको देखें ।
कतिले पैसा माग्छन्, पैसाभन्दा खाना दिनु राम्रो लागेर खाना बाँड्न थालें ।
***
मलाई मिडियामा आएर चर्चा कमाउनु छैन ।
तर, म नागरिकताका लागि लडिरहेको छु । त्यसका लागि केही सहयोग मिल्छ कि भन्ने आशा छ ।
नागरिकता नहुँदा निकै दु:ख पाएँ ।
केही काम गरौं वा जागिर खाऔं भन्दा नागरिकता चाहिन्छ ।
मलाई इन्डियन भन्छन्, तर इन्डियन भन्ने प्रमाण छैन ।
नेपाली भनुँ भने नेपाली भन्ने प्रमाण पनि छैन ।
मेरो आमा इन्डियन हो ।
उहाँ नेपालको जेलमा हुँदा म संस्थामा हुर्किएँ ।
मैले जानेदेखि नै नेपालमा छु ।
नागरिकताका लागि सीडीयो कार्यालयमा गएँ । कानून छैन, कानूनमै व्यवस्था नभएसम्म हुँदैन भन्नुभयो ।
ममी इन्डियन भएका कारण इन्डिया गएर ३ चोटीसम्म नागरिकताका लागि प्रयास गरें । तीनैचोटी रिजेक्ट गरिदिए ।
ममीलाई ठाउँ खोजेर इन्डियामै राख्दिएको छु । अरूको घरमा काम गर्नुहुन्छ ।
चुनाव आउँदा नागरिकताका लागि प्रयास गरिदिनुस् भनेर ममीलाई भनेको छु । चुनावमा भोटका लागि गरिदिन्छन् कि भन्ने आशा छ ।
नेपालमा पनि मैले प्रयास गरिरहेको छु ।
मलाई नागरिकता चाहिएको छ । नागरिक बन्न चाहन्छु ।
भारत वा नेपाल जहाँको नागरिकता भए पनि हुन्छ ।
माया त नेपालकै लाग्छ ।
यहीँ हुर्किएँ । घर नै यही हो जस्तो लाग्छ ।
हेर्नुहोस्, भिडियो :
***
पीए नेपाल नामक संस्थाकी संस्थापक इन्दिरा रानाले पनि कृष्ण श्रीवास्तव नाम गरेका ती युवक आफ्नो संस्थामा हुर्किएको पुष्टि गरिन् ।
१० वर्षको उमेरदेखि संस्थाको संरक्षणमा हुर्किएको उनको भनाइ छ । यद्यपि अहिले भने संस्थाबाट बाहिरिसकेको रानाले जानकारी दिइन् ।
'आमा भारतीय नागरिक हुन् । उनी लागूऔषधको मुद्दामा वीरगञ्जमा पक्राउ परेकी थिइन् । पछि केन्द्रीय कारागारमा सारियो,' रानाले भनिन्, 'बुवा पनि इन्डियन नै रहेको र मृत्यु भएको जानकारी हामीलाई गराइएको थियो ।'
आफूहरूले पनि नागरिकताका लागि पहल गरिदिएको, तर आमाबुवा नै भारतीय नागरिक भनेर अस्वीकृत भएको उनले जानकारी दिइन् ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...