२५ असार २०८३, बिहीबार

वन्यजन्तुका लागि धराप बन्दैछन् सडक, बाँकेमा ३५८ वन्यजन्तु मरे

साउन १७, २०७८
वन्यजन्तुका लागि धराप बन्दैछन् सडक, बाँकेमा ३५८ वन्यजन्तु मरे

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ । 

निकुञ्ज क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु तथा घाइते हुने क्रम बढ्दो छ । 

साथै राजमार्गको दुवैतर्फ अवरोध नहुँदा अधिक तीव्र गतिमा गुडेका सवारीसाधनबाट वन्यजन्तु दुर्घटनाका जोखिममा परेका हुन् । 

हालसम्म सडक दुर्घटनामा परेर निकुञ्जका ३५८ वन्यजन्तुको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए । 

उनका अनुसार राजमार्गमा सडक दुर्घटनामा परेर मर्नेमा सबैभन्दा बढी बाँदर, बँदेल र चित्तल छन् । गत आर्थिक वर्षमा मात्रै सडक दुर्घटनामा परेर ४३ र अन्य दुर्घटनामा परेर २५ वन्यजन्तुको मृत्यु भएको थियो । 

आर्थिक वर्ष २०७१/७२ देखि २०७७/०७८ सम्मको अवधिमा सवारी दुर्घटनामा परेर विभिन्न प्रजातिका ३५८ वन्यजन्तु मरेका  थिए ।

राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरवाहीले वन्यजन्तु जोगाउन मुस्किल भएको  न्यौपानेको भनाइ छ । 

निकुञ्जको पूर्व शिव खोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर र उत्तर–दक्षिण रत्न राजमार्ग ३२ किमी क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ । 

सबैभन्दा बढी कोहलपुरदेखि शिवखोलासम्मको पूर्वपश्चिम राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको निकुञ्जको तथ्यांकले देखाएको छ ।

निकुञ्जमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर र उत्तर-दक्षिणको रत्न राजमार्गले ३२ किलोमिटर निकुञ्जभित्रको वन क्षेत्रले ओगटेको छ । 

घाँसे मैदानसहितको पानी खाने स्रोतको रुपमा सिक्टा सिँचाइको नहर र राप्ती नदी भएको कारणले पनि पानीको खोजीमा वन्यजन्तु सडक छेउ आउने गर्दा दुर्घटनामा पर्ने गरेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्