३१ जेठ २०८३, आइतबार

बर्दियामा ब्राउनसुगरसहित दुई जना पक्राउ

बर्दियामा ब्राउनसुगरसहित दुई जना पक्राउ

बर्दियामा लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । 

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले गुलरिया नगरपालिका–४ का २१ वर्षीय सन्तोष भट्टराई र सोही नगरपालिका वडा नं. ७ का २२ वर्षीय अर्जुन सुनारलाई पक्राउ गरेको हो । 

उनीहरूलाई ९३० मिलिग्राम ब्राउनसुगरसहित गुलरिया–६, नीलो पेट्रोलपम्प नजिकबाट पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ । थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्