२० असार २०८३, शनिबार

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने ३ जना पक्राउ

भदौ ५, २०७८
मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने ३ जना पक्राउ
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने ३ व्यक्तिलाई पक्राउ गरेको छ ।

युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा संकलन गर्ने संस्थाकी अध्यक्ष झापाको बिर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत र सदस्यद्वय हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी तथा विर्तामोडका ३२ वर्षीय टेकबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाई वे स्टाफ होटल एण्ड लजबाट उनीहरूलाई चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र ४ लाख ६ हजार ४०६ नगदसहित पक्राउ गरिएको हो । 

उनीहरूले १२ जना बिरामीको नाममा समूह बनाएर १० अटो ट्याम्पो भाडामा लिई कास्की, तनहुँ, स्याङ्जा, दैलेख, सुनसरी, चितवन, नवलपरासी, पाल्पा लगायतका जिल्लाबाट चन्दा संकलन गर्दै आएको उनले जानकारी दिए ।

चन्दा ऐन २०३० अन्तर्गत उनीहरूको जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्