×

NMB BANK
NIC ASIA

वन्यजन्तुबाट बाली जोगाउन आलोपालो कुरुवा बस्छन् स्थानीय

भदौ ६, २०७८

NTC
सांकेतिक तस्वीर।
Premier Steels

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ ओखरबोटका किसान कान्छी सापकोटाको पाँच रोपनी बारीको मकै बँदेलले नष्ट गरिदियो । मकै सखाप पारेपछि हातमुख जोर्ने चिन्ताले उनलाई  सताएको छ । ‘पाक्न लागेको सबै मकै बँदेलले एकै रातमा खाएर र बोट भाँचिदिएर सखाप पारिदियो, अब त हातमुख जोर्न धौधौ पर्छ’, सापकोटाको गुनासो थियो ।

Muktinath Bank

उनको मात्र होइन,  गाउँका नानीराम सापकोटालगायत अधिकांशका बारीको मकै सखाप भएको छ । कान्छीले  भनिन्, ‘वन नजिकै रहेका सबै बारीका मकै बँदेलले नष्ट गरेको छ, जंगली जनावरका कारण बाली जोगाउन निकै मुस्किल भएको छ ।’ उनका अनुसार जोगिएको बाली बचाउन गाउँले प्रयासरत रहे पनि बँदेलले आक्रमण गर्ने भएकाले कोही पनि बारीमा पस्न सकेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले वडा नं १, २, ३ र ५ का बासिन्दाले वन्यजन्तुबाट भएको क्षति व्यहोर्नुपरेको छ । 


Advertisment
Nabil box
Kumari

‘बँदेलले दिउँसै  पनि मकै खाइदिएको छ,’ वडा नम्बर ५ की बिमला तिमल्सिनाले भनिन् । 

Vianet communication

बेथानचोक गाउँपालिकाको सबै क्षेत्रमा बँदेल र दुम्सीले बालीमा क्षति पुर्‍याएको स्थानीय कृषक नवराज तिमल्सिनाले बताए । केही स्थानका किसान अन्नबाली जोगाउन रातभर आलोपालो कुरुवा बस्न थालेको उनको भनाइ छ । 

गत साउनको अन्तिम साता मण्डनदेउपुर नपा–१ नगरकोटस्थित हलेदेमा बँदेलले सयौँ रोपनी बारीको मकै सखाप पारेकाले जोगाउन रातभर आलोपालो कुरुवा बस्नुपरेको त्यहाँका बासिन्दाले बताए ।  

पीडित किसानले बँदेल नियन्त्रणका लागि नगरपालिका जिल्ला प्रशासन कार्यालय र वन कार्यालयमा जानकारी गराउनुका साथै बाली जोगाउन पनि माग गरेका छन् । 

नगर उपप्रमुख निर्मला शाहीले स्थानीयवासीलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको र वन्यजन्तुको अतिक्रमण रोक्नका लागि सरोकारवाला निकायसँग छलफल गरिने बताइन् । 

डिभिजन वन कार्यालयका अधिकृत देवीचन्द्र पोखरेलले जिल्लाका अधिकांश वनमा आवश्यकभन्दा बढी बँदेल भइसकेकाले किसान र वन्यजन्तुबीच द्वन्द्व बढ्ने गरेको बताए । ‘वन्यजन्तुलाई सीमित गर्न नीतिमै परिवर्तन नभएसम्म तिनको अतिक्रमण  न्यूनीकरण गर्न सकिन्न,’ उनले भने, ‘कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभए पनि प्रावधानअनुसार क्षतिपूर्ति दिने काम भने भइरहेको छ ।’

कार्यालयका अनुसार १२ वर्षयता जिल्लामा जंगली जनावरको आक्रमणबाट १४ को मृत्यु र पाँच घाइते भएका थिए । गत आर्थिक वर्षमा १४१ जनालाई अन्नबाली र चौपायामा पुगेको क्षतिबापत १३ लाख रूपैयाँ बराबरको राहत उपलब्ध गराइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x