बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
भदौ १३, २०७८
सधैँजसो व्यस्त रहने काठमाडौंको ठमेल बजार डेढ वर्षदेखि सुनसान छ । अधिकांश सर्टर बन्द छन् ।
केही होटल तथा कफी शप सञ्चालनमा छन् भने पश्मिनाका पसल फाट्टफुट्ट खुलेका देखिन्छन् ।
होटलमा फाट्टफुट्ट ग्राहक छिरेपनि खुला रहेका पश्मिना पसल भने सुनसान नै देखिन्छन् ।
***
विगतमा निकै व्यस्त रहने पश्मिना व्यवसायी अहिले फुर्सदिला छन् ।
यो फुर्सद उनीहरूलाई निकै पट्यारलाग्दो भइसकेको छ ।
बुधवार दिउँसो ठमेलको एक पश्मिना पसलमा एक्लै बसिरहेका थिए, पश्मिना व्यवसायी ।
समाजमा अहिले आफूहरूको समस्या सुनाउन पनि गाह्रो हुने भन्दै उनले आफ्नो र पसलको नाम नलेखिदिन आग्रह गरे । उनीमात्र होइन, ठमेलका अधिकांश व्यवसायी आर्थिक तथा सामाजिक कारण देखउँदै आफ्नो दुःख देखाउन खोज्दैनन् ।
कलंकीमा बस्दै आएका ती व्यवसायी निषेधाज्ञा खुकुलो भएसँगै दिनहुँ ठमेल पुग्छन् ।सर्टर खोल्छन्, यसो सरसफाइ गर्छन् र ग्राहकको पर्खाइमा साँझसम्म बसिरहन्छन् ।
कोरोना महामारीपछि अहिले उनको दिनचर्या बदलिएको छ ।
कोरोनाअघि बिहान ७ नबज्दै पसल आइपुग्ने उनी अहिले विना जाँगर, विना उत्साह मध्याह्न १२ बजेतिर मात्रै पसल आउने गरेको सुनाउँछन् ।
‘आउँछु, पसल खोल्छु, पुछपाछ गर्छु, ग्राहक छैनन्,’ उनी भन्छन्, ‘मोबाइलमा गेम खेल्छु, बसिरहन्छु, यस्तै छ आजकल दैनिकी ।’
कोरोना महामारी आउनुपूर्व निकै राम्रो चलिरहेको उनको पसल अहिले सुनसान छ ।
कोरोना आउनुअघि उनको पसलमा प्रायः विदेशी पर्यटकको भीड लाग्ने गरेको थियो ।
९० प्रतिशतभन्दा बढी पश्मिना विदेशी पर्यटकले किन्ने गरेको सम्झँदै उनले अहिले उनीहरूलाई खुब ‘मिस’ गरिरहेको सुनाए ।
उनी भन्छन्, ‘अहिले विदेशका केही पर्यटक साथीहरूसँग इन्टरनेटमा कुरा हुन्छ, उनीहरू पनि नेपाल आउने कुरा गर्छन्, तर कोरोनाले गर्दा आउन पाएका छैनन्, खुब मिस भइरहेको छ ।’
उनका अनुसार सामान्य अवस्थामा र सिजनको अवस्थामा ९० प्रतिशतभन्दा बढी विदेशी पर्यटकले पश्मिना किन्ने गरेका थिए ।
बाँकी १० प्र्रतिशत चाडपर्व तथा उपहारस्वरूप नेपालीले किन्ने गरेका थिए ।
किशोरावस्थादेखि नै अरूको पश्मिना पसलमा काम गरेका उनले विगत २५ वर्षदेखि आफ्नै पसल सञ्चालन गरेका रहेछन् ।
***
ठमेलकै अर्को पश्मिना पसलमा पनि अवस्था उस्तै थियो । उनले पनि आफ्नो नाम खुलाउन मानेनन् ।
उनी पनि ग्राहकको पर्खाइमा दिनभर बस्छन्, तर ग्राहक आउँदैनन् ।
कुनै दिन फाट्टफुट्ट ग्राहक आएपनि बिक्री खासै नहुने उनले सुनाए ।
‘बिहेको सिजन भएको भए केही बिक्थ्यो होला, तर अहिले पसल खोल्ने र बन्द गर्नेबाहेक केही भएको छैन ।’
***
अर्का एक पश्मिना व्यवसायीले अहिले व्यापार नहुँदा गाह्रो भएको सुनाए ।
उनले साथीभाइसँग सरसापट गरेर जीवन गुजारा भइरहेको सुनाउँदै व्यापार छैन, डुबियो भन्दा कसैले ऋण पनि नपत्याउने हो कि भन्ने चिन्ता व्यक्त गरे ।
‘हामी ठमेलका व्यवसायी हौँ भन्न पनि लाज हुने अवस्था आएको छ । पहिला राम्रो आम्दानी हुने भएपनि विगत २ वर्षदेखि खाली हात बस्नुपर्दा निकै गाह्रो हुने गरेको छ,’ उनले भने ।
कुनै दिन अवस्था सहज हुने आशामा उनले पसल चलाइरहेका छन् ।
***
अर्का एक व्यवसायीले अहिले करीब १० प्रतिशत मात्रै व्यवसाय चलेको सुनाए ।
निषेधाज्ञापछि पनि १० प्रतिशत जति व्यवसाय भइरहेको छ ।
पुराना ग्राहकहरूले फोन गरेर फाट्टफुट्ट सामान मगाउने गरेका छन् ।
उनले भने, ‘हाम्रा पुराना र रेगुलर ग्राहकहरू छन्, उनीहरूले पश्मिना खरिद गर्दा हामीलाई केही राहत हुन्छ, यसैले पनि सहज भइरहेको छ ।’
निर्यात ३० प्रतिशतले घट्यो
कोरोना महामारीका कारण नेपालको सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्यटन पनि एक हो ।
मुलुकमा बाह्य पर्यटन शुरू हुन नसक्दा यसबाट अन्य क्षेत्रमा पनि नराम्रो प्रभाव परेको छ ।
महामारीका कारण बाह्य पर्यटक नेपालमा नआउँदा अहिले पश्मिना उद्योग निकै प्रभावित भएको छ ।
नेपालमा पश्मिना विषेशगरी २ तरिकाले व्यापार हुन्छ । एउटा निर्यात व्यापार र अर्को आन्तरिक व्यापार ।
अहिले निर्यात व्यापार भइरहेको पनि पश्मिनाको आन्तरिक व्यापार भने ठप्प छ ।
बाह्य पर्यटकहरूलाई पश्मिना बिक्री गर्ने पश्मिनाको सबैभन्दा विशाल बजार ठमेल हो ।
अहिले सो बजार ठप्प हुँदा व्यवसायीहरू समस्यामा परिरहेको नेपाल पश्मिना उद्योग संघका निवर्तमान अध्यक्ष दुर्गाविक्रम थापाले बताए ।
उनका अनुसार कोरोना अगाडि बाह्य मुलुकमा करीब ३ अर्बभन्दा बढीको पश्मिना निर्यात हुन्थ्यो ।
त्यो निर्यातमा करीब ३० प्रतिशतले ह्रास आएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७५/७६ मा करीब ३ अर्बको पश्मिना निर्यात भएकोमा आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ७० करोडको पश्मिना निर्यात भएको छ ।
उनले भने, ‘केही ह्रास त निर्यातमा आएको छ, तर धेरै ह्रास आएको हैन, समग्र बजार हेर्दा लोकल बजारलाई समस्या परेको छ ।’
कोरोना महामारी आउनुपूर्व नेपालमा आन्तरिक बजार र बाह्य बजारमा ६ अर्ब रुपैयाँ बराबरको पश्मिना कारोबार हुने गरेको थियो ।
जसमा ३ अर्ब रुपैयाँको व्यापार आन्तरिक बजारले धानेको थियो । नेपाल घुम्न आएका विदेशी पर्यटकले धानेको आन्तरिक बजार अहिले भने ठप्प रहेको छ ।
नेपालबाट सबैभन्दा बढी युरोपियन मुलुकमा पश्मिना निर्यात हुन्छ । त्यसपछि अमेरिका, चीन लगायतका मुलुकमा पनि पश्मिनाको निर्यात हुन्छ ।
यी मुलुकहरूमा अहिले ७० प्रतिशतको हाराहारीमा माग रहेको निवर्तमान अध्यक्ष थापाले बताए ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...