१५ असार २०८३, सोमबार

जब प्रेमीसँगको एकान्त भेटमा युवतीलाई कुकुरले आक्रमण गर्‍यो...

भदौ १५, २०७८
जब प्रेमीसँगको एकान्त भेटमा युवतीलाई कुकुरले आक्रमण गर्‍यो...
सांकेतिक तस्वीर

साथीहरूसँग पिकनिक गएकी एक किशोरीको कुकुरको आक्रमणबाट मृत्यु भएको छ । 

कुकुरहरूको एक समूहले आक्रमणमा परी गम्भीर घाइते भएकी ती किशोरीको अस्पतालमा मृत्यु भएको हो । 

यो घटना इटालीको हो । एक इटालियन युवती र आफ्नो प्रेमी र केही साथीहरूका साथ घना जंगलमा पिकनिक खान गएकी थिइन् । 

पिकनिक सकेपछि प्रेमी र प्रेमिका सँगै एकान्तमा थिए । त्यतिकैमा दूवैमाथि कुकुरको एक समूहले आक्रमण गर्‍यो । 

उनको प्रेमी आक्रमणबाट उम्केर भाग्न सफल भए । तर उनी भने गम्भीर घाइते बनिन् र केही बेरमा अस्पतालमा उनी मृत घोषित भइन् । 

२० वर्षीया सिमोन कैवलारो यसै हप्ता पिकनिकका लागि गएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्