पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
हाम्रो देशमा हाम्रा आफ्नै मौलिक र रैथाने सूपहरू छन्, जुन परापूर्वकालदेखि नै चल्दै आएको झोल पदार्थ हो ।
विदेशी परिकार अँगाल्ने प्रवृत्तिका कारण हाम्रा मौलिक सूपहरू पनि लोप हुने स्थितिमा पुगेका छन् । यहाँ हामीले चर्चा गर्न लागेका ५ सूपहरू स्वस्थबद्र्धक र व्यावसायिक रूपमा प्रयोग गर्न सकिने खालका छन् ।
ज्वानोको झोल, क्वाटीको रस, जोगी झोल, सिस्नोको सूप, कोदो फापरको खोले यी ५ सूपहरू बनाउन चाहिने सामग्री र विधि समेत यहाँ उल्लेख गरिएको छ ।
ज्वानोको झोल
ज्वानोको झोल बनाउन चाहिने सामग्रीः शुद्ध नेपाली घ्यु २ चिया चम्चा, ज्वानो १०० ग्राम, बेसार आधा चिया चम्चा, नेपाली लसुन १ पोटी, नुन स्वाद अनुसार, अदुवा पेस्ट आधा चिया चम्चा, जिराको धुलो पिन्च, चामलको पिठो आधा कप अर्थात् १२५ ग्राम, पानी १ लिटर
ज्वानोको झोल बनाउने विधिः सर्वप्रथम बाक्लो कराइ बसाल्नुस् र घ्यू हालेर खर्याउनुस् । अनि ज्वानो, लसुन पिसेको, अदुवा हालेर ब्राउन कलर हुन दिने । केही समयपछि चामलको पिठो हालेर भुट्ने अनि पानी हालेर उम्लन दिने र स्वाद अनुसार नुन हालेर तातो तातो सर्भ गर्ने । यो सूप सुत्केरी महिलालाई पिलाउने प्रचलन भए तापनि जो कोहीलाई सर्भ गर्दा स्वस्थबद्र्धक र पोषिलो छ ।
क्वाटीको रस
क्वाटीको रस बनाउन चाहिने सामग्रीः ९ किसिमको गेडागुडी आधा किलो, लसुन १ पोटी, अदुवा ५ ग्राम, अकबरे खुर्सानी २ पिस, नुन स्वाद अनुसार, घ्यू या तोरीको तेल १० ग्राम, ज्वानो आधा चिया चम्चा, गरम मसला होल ५ ग्राम, जिरा धनियाँको धुलो आधा चिया चम्चा, बेसार पिन्च, गरम मसलाको धुलो आधा चिया चम्चा, तेज पात २ पिस, हरियो धनियाँ आधा मुठा ।
क्वाटीको रस बनाउने विधिः प्रेसरमा तोरीको तेल हालेर ज्वानो, गेडा जिरा, लसुन, अदुवा र खुर्सानी पड्काउने र काटेको प्याज हालेर ब्राइन हुन दिने । केही समयपछि बाँकी मसला, गरम मसला, नुन, काटेको गोलभेडा हालेर सानो आँचमा पकाउने । अब उम्रेको मिक्स गेडागुडी हालेर राम्ररी चलाउने । उम्लेको पानी हालेर सूपलाई ३ सिँटीसम्म पकाउने । अन्त्यमा पाकेपछि डाडुले केही खुड्ने र धनियाँ या हरियो लसुन हालेर सर्भ गर्ने । क्वाटी सूपमा खसीको मासु हालेर पनि पकाउन सकिन्छ ।
जोगी झोल
जोगी झोल बनाउन चाहिने सामग्रीः मुसुरको दाल ६० ग्राम, गाजर ४० ग्राम, आलु ३० ग्राम, सिमी २० ग्राम, बन्दा ३० ग्राम, काउली ३० ग्राम, प्याज १ पिस, लसुन ३ केस्रा, अदुवा सानो टुक्रा, नेपाली घ्यू २ चिया चम्चा, नुन स्वाद अनुसार, हरियो खुर्सानी २ पिस, पानी ७५० एमएल, हरियो धनियाँ या लसुन सानो आधा मुठा, बेसार पिन्च, चामल १ मुठी ।
जोगी झोल बनाउने विधिः चामल र दाल मिसाएर पखाल्ने र भिजाइ राख्ने । सूप प्यान बसालेर घ्यु हाल्ने र चप गरेको हरियो खुर्सानी, अदुवा लसुन फुराउने । हल्का बेसार हालेर भिजाएको दाल, चामल, मसिनो गरी डाइस काटेको सबै मिक्स भेजिटेबल ओइर्याउने । पानी नुन हालेर स्लो हिटमा पकाउने । ओएल डन हुनासाथ हल्का हरियो धनियाँ हालेर तातो–तातो सर्भ गर्ने ।
सिस्नोको सूप
सिस्नोको सूप बनाउन चाहिने सामग्रीः ताजा सिस्नो २५० ग्राम, नेपाली लसुन १ पोटी, हरियो अकबरे खुर्सानी २ पिस, तोरीको तेल २५ एमएल, हिमाली टिमुर १ चिया चम्चा, नुन स्वाद अनुसार, मकैको पिठो ३० ग्राम ।
सिस्नोको सूप बनाउने विधिः बाक्लो किटको कराइमा पानी बसाल्ने र शुरूमा मकैको पिठो छर्कने । पानी उम्लन थालेपछि पखालेको सिस्नु ओइराइदिने । बिस्तारै घोटी–घोटी लेदो बनाउने र अन्त्यमा तेलमा कुटेको लसुन, हरियो खुर्सानी फुराएर तड्का दिने र नुन, हिमाली टिमुरको धुलो हालेर मज्जाले घोट्ने र तातो–तातो सर्भ गर्ने ।
कोदो फापरको पिठोको खोले
कोदो फापरको खोले बनाउन चाहिने सामग्रीः कोदोको पिठो २०० ग्राम, तिते फापरको पिठो १२० ग्राम, नेपाली घ्यू २ चिया चम्चा, नुन स्वादअनुसार, पानी ७५० एमएल ।
कोदो फापरको पिठोको खोले बनाउने विधिः बाक्लो कराइमा घ्यू तताउने र दुवै पिठो मिसाएर भुट्ने, ब्राउन कलर हुन थालेपछि पानी ओइराइ दिने र राम्ररी मिक्स गर्ने । स्वादअनुसार नुन हाल्ने र तातो–तातो सर्भ गर्ने ।
खसीको खुट्टी सूप
खसीको खुट्टी सूप बनाउन चाहिने सामग्रीः ताजा खसीको खुट्टा २ पिस, काटेको प्याज १ पिस, तोरीको तेल ५ टी स्पुन, मिक्स गरम मसला १–२ टी स्पुन, बेसार १–२ टी स्पुन, अदुवा लसुन पेस्ट १ चिया चम्चा, नुन स्वाद अनुसार, तेजपात २ पिस, धनियाँ आधा मुठा, अकबरे खुर्सानी ३ पिस, पिसेको जिरा १–२ चिया चम्चा ।
खसीको खुट्टी सूप बनाउने विधिः राम्ररी सफा गरेर खसीको खुट्टालाइ काट्ने र एक साइड लगाउने । प्रेसरमा तेल हालेर गरम मसला फुराउने । प्याज हालेर खैरो बनाउने । अदुवा लसुन र अन्य मसला हालेर चलाउने । खसीको खुट्टा हालेर केही छिन भुट्ने । आवश्यकता अनुसार पानी हालेर ५ सिँटी लगाउने । अन्त्यमा काटेको हरियो धनियाँ हालेर तातो–तातो सर्भ गर्ने ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...