१३ असार २०८३, शनिबार

बालबालिकाहरूका लागि दक्ष नेपालले ल्यायो ‘स्मार्ट स्पिक’, कसरी गर्छ यसले काम ?

बालबालिकाहरूका लागि दक्ष नेपालले ल्यायो ‘स्मार्ट स्पिक’, कसरी गर्छ यसले काम ?

दक्ष नेपाल प्रा.लिले बालबालिकाहरूका लागि ‘स्मार्टस्पिक’ सार्वजनिक गरेको छ ।

‘स्मार्टस्पिक’ मार्फत बालबालिकाहरूले लागि घरमै बसी खेल्दाखेल्दै र रमाइलो गर्दै पढाइका कुराहरू सिक्न सकिने कम्पनीले जनाएको छ ।  

‘स्मार्टस्पिक’ एउटा प्रविधिमैत्री शैक्षिक अन्तक्र्रियात्मक शृङ्खला हो ।

प्रविधिको सहयोगमार्फत तयार गरिएको रचनात्मक स्मार्टस्पिकले बालबालिकाहरूमा स्वाध्ययन अभ्यास गराउन प्रोत्साहन गर्दछ । 

नानो प्रविधिको सहयोगमा तयार गरिएको उक्तशृङ्खलामा किताब तथा स्मार्टस्पिकउपलब्ध छन् । सो स्मार्टस्पिकलाई किताबमा भएका अक्षर, शब्द, वाक्य, कथा, कविता वा चित्रमा छोएपछि आएको प्रतिक्रियाअनुरूप यसअद्भुत प्रविधिको लाभ उठाउन सकिने कम्पनीको दावी छ । 

स्मार्टस्पिक १८ महिर्नादेखि ७ वर्षसम्मका बालबालिकाहरूको साथीजस्तै हो । यसलाई प्रयोगमा ल्याउन विशेष ज्ञान वा अनुभवको आवश्यकता नहुने भएकाले जोसकैले पनि यसलाई प्रयोगमा ल्याउन तथा सिक्न र सिकाउन सक्छन् ।

साथै, हरेक किताबको पहिलो पानामा प्रयोग गर्ने तरिकाबारे उल्लेख गरिएको हुनाले यो विद्यार्थी, शिक्षक, अभिभावक सबैका लागि स्वाध्ययन गर्न—गराउन मद्दत गर्नेछ । 

कतिपय देशमा सफल परीक्षणसहित प्रयोगमा आइसकेकोडल्फिन आकारमा रहेको यो शैक्षिक खेलौनाले मनोरञ्जन सँगसँगै आधारभूत शिक्षा पनि दिन सकिने रउक्तउत्पादन नेपालमा नयाँ पनिभएकोहुँदा लाभदायक हुने विज्ञहरूको विश्वास छ । 

वर्णन 
-   स्मार्टस्पिकएउटा नवीन शैक्षिक उपकरण हो । 
-   स्मार्टस्पिकले बच्चाहरुलाई किताबमा दिइएका शब्दहरू लेख्न, पढ्न तथा सही उच्चारण गर्न मद्दत गर्नेछ । 
-   यसले कविता, कथाहरू तथा यसका पात्रहरूबारे जान्न, पढ्न र शब्द ज्ञान बढाउन मद्दत गर्नेछ तथा पात्रका संवाद सुनेर पूर्ण ज्ञान लिन मद्दत गर्नेछ । 
-   स्मार्टस्पिक र किताबको माध्यमबाट बालबालिकाहरूलाई पढ्ने, लेख्ने, बोल्ने तथा सुन्ने अभ्यास मार्फत उत्कृष्ट शिक्षा प्राप्त हुनेछ ।

स्मार्टस्पिक किन प्रसिद्ध छ?
-   एक अध्ययनअनुसारमानिसको दिमागले सुनेको ३४ प्रतिशतसम्म याद राख्न सक्छ भने पढेको ७० प्रतिशतसम्म याद राख्न सक्छ । यसरी पढ्ने तथा सुन्ने दुवै सँगै गरियो भने ९५ प्रतिशतसम्म अवधारण हुन सक्छ । 
-   यो सुन्ने तथा पढ्ने कार्यलाई एकैचोटि गराउने एउटा निकै उपयोगी उत्पादन हो । साथै यसले अध्ययनलाई थप रचनात्मक तथा मनोरञ्जनात्मक बनाउने गर्दछ । 
-   हाँस्ने, बोल्ने, जीवहरूका आवाज, सवारी साधनको आवाजजस्ता विविध ध्वनिको प्रयोगले गर्दा यसले शब्दको अर्थमात्र नभई भाव बुझाउन पनि मद्दत गर्दछ । 
-   विज्ञहरूका अनुसार, अबको केही वर्षमा सबैखालका किताबहरुलाई यस्तै प्रविधिमैत्री उपकरणयुक्त शिक्षा पद्धतिले प्रतिस्थापन गर्नेछ, जसले अभिभावकदेखि विद्यालयसम्मका स्रोत, साधन र समय बचत गर्न मद्दत गर्नेछ । 
-   कोरोनाजस्ता महामारीका कारण विद्यालयहरू बन्द रहेको वेला पनि शैक्षिक गतिविधिलाई निरन्तरता दिन यस उत्पादनले मद्दत गर्नेछ । मोबाइल तथा अन्य उपकरणको प्रयोगका कारण आँखा तथा मस्तिष्कमा आउने समस्याहरूलाई यसले टाढा राख्न मद्दत गर्नेछ ।

स्मार्टस्पिकका थप उपयोगिताहरूः
-    भाषा सिक्न मद्दत गर्नेः
स्मार्टस्पिकको प्रयोगमार्फत साधारण शब्दहरूदेखि कथा र कविताहरू पनि सुन्न सकिने हुनाले बालबालिकाहरूलाई भाषा सिक्न मद्दत गर्नेछ । 
-    शब्दहरू उच्चारण गर्न मद्दत गर्नेः
बालबालिकाहरूले कथा, कविता सुन्ने क्रममा शब्दहरू शुद्धरूपमा उच्चारण गर्न सिक्नेछन् । 
-    ख्यालख्यालमा सिकाउन मद्दत गर्नेः
शिक्षाविद्हरूका अनुसार मनोरञ्जनात्मक शैक्षिक गतिविधिले बालबालिकाहरूमा रचनात्मक सिपको विकास गर्नुका साथै नयाँ कुरा सिक्न अभिप्रेरित गर्ने गर्दछ । अतः स्मार्टस्पिकले ख्यालख्यालमै अध्ययन गर्ने बानी बसाल्नेछ । 

प्रयोग विधिः
सर्वप्रथम स्मार्टस्पिकलाई अन अर्थात् चालु गर्नुपर्नेछ । चालु गरिसकेपछि किताबमा दिइएको कोडअर्थात् कूट सङ्केतमास्पर्श ९त्यगअज०गराउनुपर्नेछ । यसरी स्मार्टस्पिकले चित्रदेखि शब्दसम्म आफैँ उच्चारण गर्ने, व्याख्या गर्ने, कथाहरु पढ्नेदेखि कविताहरू पनि लय मिलाएर गाउन थाल्नेछ । 

यस शृङ्खलामा पाठ्यक्रमले सिफारिस गरेका कुराहरूबाहेक खेल तथा मनोरञ्जनको लागि पनि विभिन्न किसिमका सामग्रीहरू समेटिएका छन् । स्मार्टस्पिक शिशुकक्षा (एबिथनचयगउ) देखि उच्च बालवाटिकाका बालबालिकाहरूको लागि हो ।

हरेक शृङ्खलामा नेपाली, गणित, अंग्रेजी, विज्ञान, सामाजिक शिक्षा, कथा तथा कविताहरूको किताब हुनेछ ।

स्मार्टस्पिकयस्तो शृङ्खलामा आएको किताबमा मात्र प्रयोग गर्न सकिने छ । यो स्मार्टस्पिक दक्ष नेपालको आफ्नो वेबसाइट, दराज, सस्तोडिल, ग्यापु तथा स्मार्टडोकोबाट अर्डर गर्न सकिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्