२९ असार २०८३, सोमबार

‘जनगणनाको तथ्याङ्का आधारमा भाषा सिफारिस’

भदौ २९, २०७८
‘जनगणनाको तथ्याङ्का आधारमा भाषा सिफारिस’

भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ । सो जनगणनामा थारु भाषामात्र प्रयोग भएको थियो ।

    आयोगले आफ्नो सिफारिसबारे प्राप्त सुझाव र प्रतिक्रियामा ध्यानाकर्षण भएको जनाउँदै आज विज्ञप्ति जारी गरी उक्त प्रदेशमा रानाथारु भाषा सो प्रदेशमा बहुसङ्ख्याकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि हुन आएमा आगामी दिनमा सिफारिसलाई पुनरावलोकन र संशोधन गरिने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता डा लोकबहादुर लोप्चनले जारी गरेको विज्ञप्तिमा स्थानीय तह र समुदायसँग मिलेर आयोगले कञ्चनपुर र कैलाली जिल्लामा बोलिने रानाथारु भाषाको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएको पनि जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्