![ईपीएल : वर्षाले नतिजाविहीन बनेको पोखरा-भैरहवाबीचको खेल [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/EPL_2nd_day_05_zeqNVorCTb.jpg)
एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतवार भएको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल नतिजाविहीन भएको हो ।
पोखराले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो । दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
यसअघि पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको थियो ।
यस्तो छ वर्षाले खेल रोकिनुअघिका तस्वीरः











