११ असार २०८३, बिहीबार

अमेरिकामा आयो भयानक सुक्खा, पोखरीमा लुकेको शहर निस्क्यो बाहिर !

असोज ११, २०७८
अमेरिकामा आयो भयानक सुक्खा, पोखरीमा लुकेको शहर निस्क्यो बाहिर !

अमेरिकाको युटाहमा भयंकर सुक्खा आएपछि सरोवरमा लुकेको एक शहर बाहिर निस्केको छ । 

रकपोर्ट जलाशय सुकेपछि एक अज्ञात शहरको अस्तित्व मानिसहरूले थाहा पाएका छन् । सन् १९५७ मा सरकारले वानशिप बाँध बनाउने योजना बनाएपछि रकपोर्ट शहरबाट बस्ती हटाइएको थियो । त्यही बाँधका कारण रकपोर्ट जलाशय बनेको थियो । 

त्यतिखेर उक्त क्षेत्रमा लगभग २७ वटा मात्र परिवार थिए । रकपोर्ट स्टेट पार्क एरियामा पहिलोपटक सन् १८६० मा गोरा मानिसहरू बस्ती बसाउन आएका थिए । 

तर अहिले भयंकर सुक्खाका कारण पानी सुकेर जम्मा २९ प्रतिशत बाँकी रहेपछि पुरानो शहर ६४ वर्षपछि देखिएको हो । 

स्थानीय सरकारी वेबसाइटका अनुसार, अहिले युटाहमा लगभग ८८.१ प्रतिशत भाग भयंकर सुक्खाको चपेटामा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्