×

NMB BANK
NIC ASIA

विश्व पर्यटन दिवस विशेष

पोखराको सुषुप्त पर्यटन चलायमान, व्यवसायी आशावादी

असोज ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पर्यटन व्यवसायी नवराज अधिकारीले १ हप्तायता बिहानै पसल खोल्न थालेका छन् । विगतमा कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि उनी व्यापार हुने आशामा असोज १ गतेदेखि बिहान ७ बजे नै पसल आउने गरेका छन्, अन्य बेला उनी बिहान १० बजेपछि मात्र पसल आउँथे ।

Muktinath Bank

लेकसाइडस्थित एड्भेञ्चर ट्रेकिङ शप चल्तीको पसल हो । पसलमा डेढ करोड लगानी परेको छ । कोरोनाले अघिल्लो वर्षझैं उनले यस वर्ष वैशाखदेखि नै व्यापार गर्न सकेनन् । ४० लाख हाराहारीमा घाटा भएको उनको अनुमान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पदयात्रा जाने पर्यटकहरू लक्षित गरी आवश्यक सामग्रीलगायत सामान लामो समयसम्म पसलमा त्यसै थन्किए । ‘५० हजार बढी मासिक घरभाडा बुझाउनुपर्ने त छँदैछ, त्यसमाथि व्यापार नहुँदा जीवन चलाउन समेत धौंधौं पर्‍यो,’ लोकान्तरसँगको कुराकानीमा अधिकारी सुनाउँछन्, ‘कोरोना संक्रमण दर घट्दै गएपछि प्रशासनले सबै प्रकारको निषेधाज्ञा असोजदेखि हटाएको छ । अब पर्यटक आउलान् कि विगतमा झैं व्यापार होला कि भन्ने आशा छ ।’


Advertisment
Nabil box
Kumari

अब कहिले पनि यसरी पर्यटन व्यवसाय ठप्पै हुने गरी पसल बन्द गर्नु नपरोस् भनी दिनहुँ धूपबत्ती बालेर कामना गर्ने गरेको उनी सुनाउँछन् । 

Vianet communication
Laxmi Bank

पोखराकै हिमालय आर्ट एण्ड क्राफ्टका सञ्चालक बाबुराम खनालमा पनि धेरैथोरै उत्साह छ । उनले भने, ‘अब खुल्यो, त्यो राम्रो हो । होटल–रेस्टुरेन्टलाई सजिलो होला तर जबसम्म विदेशी पर्यटक आउँदैनन्, तबसम्म हामीलाई गाह्रै छ ।’

दाइभाइ मिलेर खोलिएको सो क्राफ्ट पसल ३५ वर्षदेखि निरन्तर सञ्चालित छ । पसलका लक्षित ग्राहक भनेकै विदेशी पर्यटक भएकोले आफूहरूको पसल पहिलेझैं चलायमान हुन केही समय लाग्ने खनालको आकलन छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा झण्डै ५ महिनादेखिको निषेधाज्ञा असोज १ गतेदेखि लागू हुने गरी हटाएको छ । त्यति मात्र कहाँ होर र ? पोखराको रात्रिकालीन व्यवसाय समेत राति साढे १ बजेसम्म खोल्न अनुमति छ ।

मठमन्दिर लगायत धार्मिकस्थल समेत खुलेका छन् । कोरोनाको दोस्रो लहर शुरू भएसँगै प्रशासनले गत वैशाख १५ गतेदेखि कास्की जिल्लाभर निषेधाज्ञा शुरू गरेको थियो । पटक–पटक थप गर्दै घोषित निषेधाज्ञा भदौ मसान्तदेखि पूर्ण रूपमा हटाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमले बताए । 

कोरोना कहरले लामो समय बन्द रहेका पोखराका मठमन्दिर समेत खुलेपछि पोखरेली खुशी भएका छन् । पर्यटन र धार्मिक क्षेत्र एकअर्काका परिपूरक भएकोले पर्यटन क्षेत्रको माग धार्मिक स्थल समेत खुलाउनुपर्छ भन्ने थियो । फेवाताल बीचमा रहेको प्रमुख धार्मिक एवं पर्यटकीयस्थल वाराही मन्दिर पनि असोज लागेसँगै खुलेको छ । विन्ध्यवासिनी, केदारेश्वर मन्दिर, भद्रकाली लगायतका प्रमुख मठमन्दिर खुलेका छन् । माछापुच्छ्रेको छायाँ देखिने तालवाराही, उत्तरमा विभिन्न हिमशृखंला एकै नजरमा हेर्न सकिने विन्ध्यवासिनी कास्कीका प्रमुख धार्मिक एवं पर्यटकीय स्थल हुन् ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठले दशैंतिहार लगायतका ठूला चाड मुखमा आएको बेलामा कोरोना प्रभाव कम हुँदै जानु र सरकारले मन्दिर खुलाउने निर्णय स्वागतयोग्य भएको बताउँछन् । उनले अबदेखि स्वास्थ्य मापदण्डप्रति सचेत बन्दै भक्तजनलाई पूजाआजाका लागि मन्दिर प्रवेश गराउन सकिने बताए । उनले आवश्यक सेनिटाइजर तथा भक्तजनका लागि हात धुन ४ धारा व्यवस्था गरिएको समेत जनाए । 

वाराही मन्दिर दर्शन गर्न नपाउँदा डुंगा व्यवसायमा समेत प्रत्यक्ष प्रभाव परेको थियो । मजदुरहरू कामविहीन भएका थिए । अहिले उनीहरूमा उत्साह छ ।

मणिराम परियार डुंगा चालक हुन् । उनी ६४ वर्षका भए । ४० वर्षदेखि डुंगा चलाउँदै आएका परियार अब कोरोना महामारी जस्ता विपत्ति नआओस् भनी कामना गर्दछन् । असोज लागेसँगै वाराही मन्दिर खुलेकोले पर्यटक आउँदा फाट्टफुट्ट भए पनि काम पाइने गरेको छ । उनले हाल फेवामा डुंगा चलाएर दैनिक ५०० रुपैयाँसम्म कमाइ गर्छन् । मन्दिर खुलेसँगै पर्यटकहरू मन्दिर दर्शनका लागि डुंगा प्रयोग गर्ने हुँदा आफूहरूको आयआर्जन अझै बढ्न सक्ने उनी बताउँछन् । डुंगा व्यवसायी समितिका अनुसार हिजोआज दैनिक ६०–८० वटासम्म डुंगा चल्ने गरेका छन् । असोजअघिसम्म ८–१० मात्र चल्थे । 

पोखराको धार्मिक पर्यटकीयस्थल सञ्चालनमा आउँदा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण टेवा पुग्ने गर्दछ । पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराका मठमन्दिर, रात्रिकालीन व्यवसाय तथा समग्र क्षेत्र खुलेसँगै पर्यटन व्यवसायीमा उत्साह छरेको बताए । उनले भने, ‘पर्यटकीयस्थल खुले पनि स्वास्थ्य मापदण्ड पालना गर्न भुल्नु हुँदैन । सबै जना मिलेर पोखरा अब घुम्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । त्यसो भए मात्र लामो समय थलिएको पर्यटन चलायमान हुन सम्भव होला ।’

पोखराका अधिकांश विद्यालय, क्याम्पस लगायत शिक्षण संस्थामा भौतिक उपस्थितिमै पढाइ हुन थालेको छ । 

आज २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवस मनाइँदैछ । यस वर्ष ४२औं विश्व पर्यटन दिवसमा पोखराको पर्यटन खुलेको सन्देश विश्वभर छर्न सरकार आफैंले ध्यान दिनुपर्ने पर्यटन व्यवसायीको जोड छ । अवस्था सामान्य हुँदा विगतमा यो दिवसका अवसरमा विविध कार्यक्रम हुने गरेकोमा अहिले त्यति धेरै गर्न नसकिए पनि पोखरा सम्पूर्ण रूपमा खुलेको सन्देश प्रवाहमा ध्यान दिनुपर्ने बताइएको छ ।

नेपालमा सन् २०२१ अगस्तसम्म झण्डै ७० हजार पर्यटक नेपाल आएका पर्यटन बोर्डको तथ्यांकमा छ । त्यसअघि सन् २०२० मा २ लाख ३० हजार आएकोमा सन् २०१९ मा करीब १२ लाख विदेश पर्यटक नेपाल घुमेका थिए । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशतजसो पोखरा आउने गर्दछन् ।

कोरोनाअघि पोखरामा करीब ४ लाख स्वदेशी र ३ लाख विदेशी गरी ७ लाख पर्यटकले भ्रमण गरेको अनुमान छ । पोखरा पर्यटन परिषद्का अनुसार पोखराको पर्यटनमा ५ खर्ब जतिको लगानी छ । ठूलो लगानी रहेको पोखराको पर्यटन अब धेरथोर चलायमान हुने आशा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x