२० असार २०८३, शनिबार

आफ्नी पत्नीको छालाको प्रशंसा गर्ने चिकित्सकलाई पतिले गरे कुटपिट (भिडियो)

असोज १२, २०७८
आफ्नी पत्नीको छालाको प्रशंसा गर्ने चिकित्सकलाई पतिले गरे कुटपिट (भिडियो)

रुसमा एक महिलाको छालालाई छालारोग विशेषज्ञ (डर्माटोलोजिस्ट) ले प्रशंसा गरेपछि महिलाका पतिले उनलाई कुटपिट गरेका छन् । 

हिजाब लगाएकी मुस्लिम महिलालाई चिकित्सकले अघिल्लो मंगलवार प्रशंसा गरेपछि कुटपिट बेहोरेका हुन् । 

साइबेरियाको निझ्नेभार्तोव्स्कमा चिकित्सक भ्लादिमिर झिर्नोक्लीभले महिलालाई पाखुरा, पेट र ढाड देखाउन लगाएका थिए तर कपडा खोल्न लगाएनन् । छाला हेरेपछि कुनै रोग नभएको जानकारी दिँदै छाला सुन्दर भएको बताए । 

चिकित्सकको क्लिनिकबाट निस्केपछि महिलाले आफूमागि इस्लामी कानूनअनुसारको व्यवहार नगरिएको गुनासो पतिसँग गरिन् । 

‘स्वस्थ्य परीक्षणका क्रममा चिकित्सकले मेरी पत्नीको प्रशंसा गरेछन् तर त्यो मेरो सिद्धान्तसँग मेल खाँदैन,’ ताजिकिस्तानमा जन्मिएका बखरुद्दीन अजिमोभले बताए । ‘तपाईं चिकित्सक हो भने आफ्नो काम गर्नुस् । अनावश्यक प्रश्न र प्रशंसा गर्ने हैन ।’

तर चिकित्सकले कुनै गलत काम नगरेको र महिलालाई जाँचेपछि सकारात्मक टिप्पणी गरेको बताए ।

बकरुद्दीनको कुटपिटका कारण झिर्नोक्लीभलाई टाउकोमा चोट लागेको भने जिउमा पनि कैयौं चोटपटक देखिन्छ । बकरुद्दीनलाई हुलहुज्जतको आरोप लगाइएको छ र घरैमा नजरबन्दमा राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्