१३ असार २०८३, शनिबार

कांग्रेस अधिवेशन चलिरहँदा शिक्षकलाई निर्देशन : सक्रिय राजनीतिमा लागे कारवाही हुन्छ

कांग्रेस अधिवेशन चलिरहँदा शिक्षकलाई निर्देशन : सक्रिय राजनीतिमा लागे कारवाही हुन्छ
प्रतिकात्मक तस्वीर

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत स्थानीय तहमा अधिवेशन चलिरहेका बेला शिक्षा विकास तथा समन्वय इकाई बर्दिया शिक्षकहरूलाई सक्रिय राजनीतिमा सहभागी नहुन चेतावनी दिएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रारम्भिक बाल सहजकर्ता तथा कर्मचारीहरू विभिन्न राजनीति दलमा संलग्न भई सक्रिय रूपमा राजनीति दलको कार्यकारी पदमा रहेर काम गरेको व्यापक जनगुनासो आएको भन्दै शिक्षा इकाईले सबै शिक्षक, कर्मचारीलाई निर्देशन दिएको छ ।

सामुदायिक विद्यालयलाई गरिएको परिपत्रमा उल्लेख छ, ‘कुनै पनि शिक्षक पदमा आसिन बहालवाला शिक्षक कर्मचारीले सक्रिय राजनीतिमा भाग लिन नपाउने शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ ‘ङ’को उपदफा ५ को ‘छ’मा व्यवस्था भएको हुँदा सोको उल्लंघन गरी ऐन तथा नियमावलीमा भएको नियमको पालना नगर्ने शिक्षकलाई ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कारवाही हुने व्यहोरा सचेत गराइन्छ ।’

कमेन्ट गर्नुहोस्