०४ साउन २०८३, सोमबार

एउटा यस्तो ठाउँ जहाँ चराहरू आत्महत्या गर्छन्

कात्तिक २०, २०७४
एउटा यस्तो ठाउँ जहाँ चराहरू आत्महत्या गर्छन्

संसारमा यस्ता पनि रहस्यमय ठाउँहरू छन् जसका बारेमा धेरै मानिसलाई थाहै छैन । यस्तै एक ठाउँमा पक्षीहरू आत्महत्या गर्छन् । सुसाइड पोइन्टमा गएर मानिसहरूले आत्महत्या गर्ने त सुनिएकै हो तर यहाँ कुरा गर्न लागिएको ठाउँमा चराले सामूहिक आत्महत्या गर्छन् ।


भारतको असम राज्यको दक्षिणी भागमा दिमा हासो नामक स्थान छ । यसैको पहाडी इलाकामा जतिंगा नामक गाउँ छ । यो गाउँमा सेप्टेम्बरदेखि नोभेम्बर महिनामा पक्षीहरूले सामूहिक आत्महत्या गर्ने गरेका छन् । वर्षौंदेखि यो सिलसिला चल्दै आएको छ । यहाँ आउने चरा जिउँदो बाहिर निस्कदैन भन्ने मान्यता छ ।

विशेषगरी अक्टोबर र नोभेम्बरमा रातिहुँदो चराले सामूहिक आत्महत्या गर्ने गरेका छन् । चराहरूको मृत्युलाई भूत र रहस्यमयी शक्तिहरूसँग जोडेर हेर्ने गरिएको छ ।

वैज्ञानिकहरूका अनुसार जतिंगा गाउँ गहिरो खोंचमा अवस्थित हुनाले त्यहाँ भारी वर्षा भइरहेको बेलामा पुग्ने चराहरू भिजेर राम्ररी उड्न नसक्ने र यसैकारण समस्यामा पर्ने गरेको देखिन्छ । अनि कडा हावाले पनि चराहरूको सन्तुलन बिगार्छ र रुखमा ठोक्किएर उनीहरू घाइते हुन्छन् । अनि उनीहरू त्यहीँ मर्छन् ।


बर्खाका बेलामा चराहरूको आत्महत्या दर ह्वात्तै बढ्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्