३० असार २०८३, मंगलबार

नचाहिने ह्वाट्सएप ग्रुपमा जोडिनबाट कसरी जोगिने ?

असोज २७, २०७८
नचाहिने ह्वाट्सएप ग्रुपमा जोडिनबाट कसरी जोगिने ?

अहिले ह्वाट्सएप म्यासेजका लागि मात्रै होइन, भिडियो र अडियो कलका लागि पनि प्रयोग प्रयोग गरिन्छ। साथै साथीहरू वा आफन्तहरू मिलेर ग्रुप च्याट पनि गर्छन्। 

तर, कतिपय अवस्थामा नचिनेका व्यक्तिहरूले पनि तपाईंको मञ्जुरीविना विभिन्न ग्रुपहरूमा जोडिदिने गरेका हुन्छन्। त्यसले तपाईंलाई अनावश्यक झन्झट पनि दिन सक्छ। 

अब भने तपाईंले चिन्ता मान्नु पर्दैन। यी प्रक्रिया अपनाउनु भयो भने तपाईंको मञ्जुरीविना तपाईंलाई कसैले पनि ह्वाट्सएप ग्रुपमा जोड्न सक्दैन। 

–    सबैभन्दा पहिले एपको सेटिङमा जानुस्।

–    त्यहाँ प्राइभेसी अप्सन छान्नुस्। 

–    अब ग्रुप अप्सन देखिनेछ।

–    त्यहाँ क्लिक गरेपछि तीन अप्सन देखिने छन्- एभ्रिवन, माई कन्ट्याक्ट र माई कन्ट्याक्ट एक्सपेक्ट।

–    यसमा माई कन्ट्याक्ट एक्सपेक्ट अप्सनमा ट्याप गर्नुस्। 

–    यसो गरियो भने तपाईंलाई ह्वाट्सएप ग्रुपमा जोडिएमा त्यसको नोटिफिकेसन तपाईंसँग आउनेछ। 

–    तपाईं ग्रुप जोडिने वा नजोडिने तय गर्ने समय ७२ घण्टा हुनेछ। 

salt training

कमेन्ट गर्नुहोस्