०६ साउन २०८३, बुधबार

२० मिनेट बसेर फर्किए बालेन, आफूहरूको कुरा सुन्न नसकेको एमाले सांसदको आरोप

असार ३०, २०८३
काठमाडौं
२० मिनेट बसेर फर्किए बालेन, आफूहरूको कुरा सुन्न नसकेको एमाले सांसदको आरोप

डेढ महिनापछि संसद्‌मा उपस्थित भएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) केहीबेर बसेर फर्किएका छन् ।

मंगलबार दिउँसो रास्वपा सभापति रवि लामिछानेसँगै बालेन संसद्‌मा प्रवेश गरेका थिए ।

जेठ १७ पछि पहिलो पटक संसद्‌मा उपस्थित भएका बालेन झण्डै २० मिनेट बसेर बाहिरिएका हुन् । बालेन आउँदा संसद्‌मा विशेष समयको कार्यक्रम चलिरहेको थियो ।

सांसदहरूले बालेनले दिएको अभिव्यक्ति संसद्‌बाट सच्याउनुपर्ने माग गरिरहेका थिए ।​

यसैबीच, एमाले सांसद एशुदाकुमारी बरालले प्रधानमन्त्री बालेन आफ्ना कुरा सुन्न नसकेर संसद्‌बाट बाहिरिएको आरोप लगाइन् ।

salt training

कमेन्ट गर्नुहोस्