टी२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानले प्रभावशाली विजय हासिल गरेपछि पाकिस्तानीहरूले व्यापक खुशियाली मनाएका छन् ।
आइतवार राति पाकिस्तानका ठूला शहरमा मानिसहरूले हवाई फायरिङ गरेर खुशियाली मनाए ।
कराचीमा भएको हवाई फायरिङमा कम्तीमा १२ जना घाइते भएका छन् ।
अज्ञात मानिसहरूको फायरिङमा एक सईसमेत घाइते भएका छन् ।
मानिसहरू सडकमा आएर बेस्सरी नाचेका थिए अनि पटका पड्काएका थिए ।
प्रधानमन्त्री इमरान खानले भारतविरुद्धको जीतका लागि टीमलाई बधाई दिएका छन् । टीमको साहसी नेतृत्व गर्ने बाबर आजम र खेलमा शानदार प्रदर्शन गर्ने शाहीन अफरिदीलाई उनले विशेष बधाई दिएका छन् ।