२९ असार २०८३, सोमबार

रुद्र पाण्डे बने 'हाम्रो पात्रो'को निर्देशक बोर्ड अध्यक्ष

कात्तिक १०, २०७८
रुद्र पाण्डे बने 'हाम्रो पात्रो'को निर्देशक बोर्ड अध्यक्ष

अमेरिकाको डेलावेयरमा दर्ता गरिएको हाम्रो पात्रो इन्कले रुद्र पाण्डेलाई कम्पनीको निर्देशक बोर्डको अध्यक्ष चयन गरेको छ ।

अमेरिकामा सफल व्यवसायीका रूपमा पहिचान बनाएका पाण्डे नेपालको सफ्टवेयर उद्योगका अग्रणी व्यक्तित्व हुन् । 

हाम्रो पात्रो याप १ करोडपटक डाउनलोड भइसकेको छ र कम्पनीले पाण्डेलाई नेतृत्वमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरेको छ । 

पाण्डेले हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेती तथा शीर्ष नेतृत्वसँग मिलेर भविष्यको रणनीति बनाउने कम्पनीको भनाइ छ ।

‘रुद्र दाइलाई स्वागत गर्न पाउँदा म एकदमै उत्साहित छु । उहाँसँग मिलेर पुनः काम गर्न पाउने आशा मैले गरेको छु । डी२हकआईमा ६ वर्षसम्म उहाँ मेरो मेन्टर हुनुहुन्थ्यो र म उहाँलाई धेरै सम्मान गर्छु । उहाँलाई नेतृत्वमा ल्याउन पाउनु हाम्रा लागि गजबको अवसर हो,’ उप्रेतीले भने । 

‘शंकर सच्चा व्यवसायी र भद्र मानिस हुन् । उनले करियरको आरम्भमा मेरो निगरानीमा काम गरेका हुन् । उनले गजबको कम्पनी बनाएका छन् । नेपालबाट आएको पहिलो उल्लेखनीय प्रविधि कम्पनी उनकै हो । शंकर र उनको उम्दा टोलीसँग काम गर्न तथा यस सफल यापलाई थप बलियो बनाउन म उत्साहित छु,’ पाण्डेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्