सिर्जनशील महिला उद्यमी प्रालिले नेपालमै उत्पादन गरेको स्यानिटरी प्याड 'साथी' बजारमा आएको छ ।
'महिनावारीको समयमा शारीरिक सरसफाइमा ध्यान पुर्याऊँ, अनिवार्य सेनेटरी प्याड प्रयोग गरौं" भन्ने नाराका साथ बजारमा ल्याएको उक्त प्याड चार प्रकारका छन् ।
यस स्यानिटरी प्याडको मुख्य विशेषता आयातित विदेशी प्याडभन्दा निकै गुणस्तर र अरू प्याडले ६ घण्टा मात्र काम गर्ने ठाउँ यो १० घण्टासम्म टिक्ने सिर्जनशील महिला उद्यमी प्रालिकी संस्थापक प्रियाकुमारी लामिछानेले जानकारी दिइन् ।
उक्त कार्यक्रमा बोल्दै पूर्व मुख्यसचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौडेलले यस उद्योगलाई महिलाले सञ्चालन गरेकोप्रति निकै खुशी व्यक्त गरेका थिए ।
बजार व्यवस्थापनको पाटोलाई ख्याल गरेर अगाडि बढ्न उनले सुझाव दिए ।
'उहाँहरूलाई काम गर्नका लागि सहज वातावरण बनाउने काममा मैले पनि निकै प्रयास गरेको थिएँ । बजार धेरै निर्मम र प्रतिस्पर्धी छ । भावनामा बगेर बजार चलाउँछु भनेर सम्भव छैन । अब गुणस्तरमा कुनै कञ्जुस्याइँ नगरी अगाडि बढ्नुहुनेछ भन्ने आशा गर्दछु।'
कार्यक्रममा युवा उद्यमी सुमन दाहालले महिला तथा युवाहरू आफैँ उद्यमी बन्ने तयारीमा जुट्न सके देश चाँढै नै विकास हुने बताए ।
हेर्नुहोस्, भिडियो :