गिनीज वल्र्ड रेकर्डस्मा नाम राख्न मानिसले के के गर्छ ?
हालै एक व्यक्तिले गिनीज बुकमा नयाँ किर्तिमानी कायम गरेका छन् ।
ती व्यक्तिले आफ्नो दाह्रीले ६३ किलोग्राम तौल भएकी महिलालाई उचालिदिएका छन् ।
गिनीज वल्र्ड रेकर्ड्सले सामाजिक सञ्जालमा सो भिडियो शेयर गर्दै लेखेको छ, एन्टानास कोन्ट्रीमासले आफ्नो दाह्रीले ६३.८० किलोग्राम उठाएका छन् ।
यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।