माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मंसिर ८, २०७८
नेपालमा कोरोनाभाइरस (कोभिड– १९) महामारी केही कम भएपनि होटल व्यवसाय अझै लयमा फर्किन सकेको छैन ।
महामारी कम भएपछि एकदमै कम ग्राहकको भरमा होटल चलाइराख्नुपरेको व्यवसायीहरू बताउँछन् ।
अहिले विवाहको सिजन शुरू भएर केही राहत महशुस भए पनि विदेशी पर्यटक नभित्रिँदासम्म अवस्था सामान्य नहुने व्यवसायीहरूको भनाइ छ ।
कोरोना नियन्त्रणका लागि सरकारले विभिन्न समयमा जारी गरेका निषेधाज्ञा र त्यसपछि पनि विदेशी पर्यटकको संख्या नगण्य रहेकाले होटलहरूले ठूलो क्षति बेहोर्नुपरेको छ ।
पर्यटकीय होटलहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान)का अनुसार अहिले सञ्चालनमा रहेका ठूला होटलहरूको अवस्था ९२ प्रतिशतदेखि ९५ प्रतिशतसम्म ऋणात्मक छ ।
२०१९ को तुलनामा २०२० मा यस्ता होटलहरूको अवस्था ९० प्रतिशतभन्दा बढी ऋणात्मक देखिएकोमा अहिले बढेर ९५ प्रतिशतसम्म पुगेको आकलन गरिएको हानका प्रमुख कार्यकारी अधिृकत (सीईओ) टेक महतले जानकारी दिए ।
‘२०२१ मा आइपुग्दा अहिले बन्द भएको होटलबाहेक अरूमा झनै बढेर ९२ देखि ९५ प्रतिशत सञ्चालनमा आउन सकेका छैनन्,’ उनले लोकान्तरसँग भने ।
होटलहरूले नाफा नोक्सानको विवरण हानलाई नदिने भन्दै उनले हालसम्म कति नोक्सानी भयो भन्ने यकिन तथ्यांक भने नरहेको बताए ।
होटलका ५० प्रतिशत श्रमिक घरमै, ३० प्रतिशतले छाडे जागिर
कोरोनाका कारण होटल तथा पर्यटन क्षेत्र ठप्प हुँदा ८० प्रतिशत होटल मजदुर प्रभावित बनेको एक मजदुर संगठनले जनाएको छ ।
सो अवधिमा ५० प्रतिशत मजदुर घरमै बिदामा बस्नुपरेको र ३० प्रतिशत मजदुरले भने जागिर नै छाडेर अन्य पेशा रोजेको नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका केन्द्रीय अध्यक्ष सूर्यबहादुर कुँवरले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार, घरमा बस्ने ५० प्रतिशतमध्ये ठूला होटलका श्रमिकले केही मात्रामा सेवासुविधा पाएका छन् । यद्यपि साना होटलका मजदुरहरू भने सेवासुविधाविहीन छन् ।
घरमै रहेको ५० प्रतिशत मजदुरले होटलमा अहिले काम पाउने अवस्था नरहेको उनले जानकारी दिए ।
अध्यक्ष कुँवर भन्छन्, ‘अहिले निकै न्यून अकुपेन्सीमा होटल चलिरहेका छन्, जसले गर्दा सबै मजदुरले काम पाएको अवस्था छैन । घरमै बसेका ५० प्रतिशत मजदुर राजीनामा नदिएका र काम गर्न नगएका/नपाएका मजदुरहरू हुन् ।’
यता होटल एसोसिएसन नेपालले समग्रमा पर्यटकीय होटलमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आवद्ध भएकामध्ये २ लाख मजदुरहरू प्रभावित भएको जनाएको छ ।
२ लाख मजदुरमध्ये ४० देखि ५० हजार प्रत्यक्ष रूपमा काम गर्ने मजदुर प्रभावित भएको हानका सीईओ टेक महतले लोकान्तरलाई जानकारी दिए ।
‘रेकर्ड भएका नभएकाहरू, पर्यटकीय होटल क्षेत्रमा काम गर्ने २ लाख मजदूरहरू प्रभावित भएको आकलन गरिएको छ,’ सीईओ महतले लोकान्तरसँग भने, ‘यीमध्ये कोही अर्को पेशामा लागेका छन् भने कोही रोजगारविहीन भएका छन् ।’
बिहेको सिजनले केही राहत
मंसिर महिना शुरू भइसकेकाले अहिले प्रायः होटलहरूमा विवाहका कार्यक्रम हुन थालेको छ ।
जसबाट होटल क्षेत्रले केही राहत महशुस गरेको होटलका कर्मचारीहरू बताउँछन् ।
सोल्टी होटलका ‘भाइस प्रेसिडेन्ट’ सुदर्शन चापागाईंले भने, ‘अहिले २० देखि २५ प्रतिशतसम्मको अकुपेन्सीमा होटल चलिरहेको छ । अहिले बिहेको सिजन भएकाले केही चलिरहेको देखिन्छ ।’
विवाहको सिजन शुरू भएसँगै होटल याक एण्ड यतिमा पनि थप चहलपहल देखिएको त्यहाँका कर्मचारीहरू बताउँछन् ।
होटल याक एण्ड यतिका एक कर्मचारीले भने, ‘अहिले विवाहको सिजन भएकाले केही चहलपहल बढेको छ, तर विदेशी पर्यटक नआएसम्म अवस्था सामान्य हुने देखिन्न ।’
कोरोना महामारी विस्तारै कम हुँदै गएपनि विश्व बजारमा यसको त्रास हटिसकेको छैन ।
नेपालका ठूला होटलहरू यतिखेर विदेशी पर्यटकको प्रतीक्षा गरिरहेका छन् ।
विदेशी पर्यटन नआएसम्म ठूला होटलहरूको अवस्था नसुध्रने होटल सञ्चालकहरूको बुझाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...