१३ असार २०८३, शनिबार

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बनाइँदै

मंसिर ११, २०७८
सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बनाइँदै
प्रतिकात्मक तस्वीर

पर्साको धोबिनी गाउँपालिकाले सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन थालिएको छ ।

विभिन्न सामुदायिक विद्यालयमा वास्तविक विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी संख्या देखाएर खाजा खर्च बापतको रकम माग गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न कार्यक्रमलाई थप प्रभावकारी बनाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने वास्तविक विद्यार्थी संख्याका आधारमा दिवा खाजा खर्चबापत रकम निकासी गरिने छ । यसअगावै वास्तविक विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी संख्या देखाएर खाजा खर्च बापतको रकम माग गर्ने प्रवृत्ति थियो । 

गरीब, जेहेन्दार एवं दलित परिवारका बालबालिकाको विद्यालयसम्म पहुँच बढाउने अभिप्रायले सरकारले लागू गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन पालिकाले प्रयास थालेको छ । दिवा खाजाकै कारण विद्यालयमा विद्यार्थीको संख्या पनि बढेको प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।

दिवा खाजाको प्रभावकारिता सम्बन्धी गाउँपालिका भित्रका हरेक सामुदायिक विद्यालयमा अनुगमन गरिने उनको भनाइ थियो ।

यसैबीच धोबिनी गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा लामो समयदेखि रोकिएको दिवा खाजा कार्यक्रम पुनः शुरू गरेकोे छ । गाउँपालिकाले कात्तिक महिनामा दिवा खाजा बराबरको रकम निकासा गरेपछि १७ वटा सामुदायिक विद्यालयमा दिवा खाजा पुनः शुरू गरिएको गाउँपालिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्