×

NMB BANK
NIC ASIA

योग र आयुर्वेदबारे प्रशिक्षण, सर्वसाधारणलाई लाभ

मंसिर १४, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा २ दिनसम्म चलेको जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट सर्वसाधारणले लाभ उठाएका छन् । 

Muktinath Bank

‘अपनाऔं आयुर्वेदिय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौं स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ नारासहित सञ्चालित प्रशिक्षणमा १०० भन्दा बढी सहभागी थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय घुम्टे युवा परिवारसँगको सहकार्यमा धवलागिरि आयुर्वेद औषधालयले आयोजना गरेको प्रशिक्षणमा औषधालयका आयुर्वेद चिकित्सक एवं योग प्रशिक्षक सरोजकुमार रायले योग र ध्यानबारे प्रशिक्षित गरेका थिए ।


Advertisment
Nabil box
Kumari

रायले योगका विभिन्न आसनको अभ्यास र विधि सिकाएका थिए । सो अवसरमा चिकित्सक रायले शारीरिक र मानसिक दृष्टिबाट मानिस स्वस्थ रहन योग विज्ञान फलदायी रहेको बताए । मन, आत्मा र शरीरलाई योग, ध्यान र साधनाका माध्यमबाट जोड्न सके मात्र मानव जीवन स्वस्थ, खुशी र आनन्दमयी बन्ने उनको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

प्रशिक्षणमा ज्येष्ठ नागरिक बढी सहभागी थिए । सहभागीलाई उच्च रक्तचाप, मधुमेह र बाथरोगमा प्रयोग हुने आयुर्वेदिक औषधिसमेत वितरण गरिएको थियो । पछिल्लो समय खानपान, तनाव, चिन्ता इत्यादि कारणले मानिसमा शारीरिक तथा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले योग प्रशिक्षण दिइएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले बताए ।

प्रशिक्षण शिविरका लागि संस्थाका पूर्व उपाध्यक्ष एवं नेपाल भलिबल संघ जापानका सदस्य तुलवीर थापाले आर्थिक सहयोग गरेका थिए । योगसँगै आयुर्वेद चिकित्साको महत्त्वबारे सर्वसाधारणलाई बुझाउन प्रशिक्षणलाई अभियानकै रूपमा जिल्लाभर सञ्चालन गर्ने योजना रहेको औषधालय व्यवस्थापन समितिका सदस्य ललिता थापाले बताए ।

प्रशिक्षणका लागि वडा कार्यालयले स्थानीय रूपमा समन्वय गरेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x