

हाम्रो समाजमा अझै पनि शास्त्रीय मान्यतामा विश्वास गरिन्छ । र शास्त्रका मान्यतालार्य वास्तविक भएको भनेर पनि अथ्र्याइन्छ । कतिपय अवस्थामा शास्त्रमा उल्लेख गरिएका विषयमा हाम्रो वास्तविक जीवनसँग मिल्न पनि पुग्छन् ।
जस्तै हामीले जतिसुकै पैसा कमाएपनि त्यो हाम्रो हातमा टिक्दैन । समुद्र शास्त्रका अनुसार विभिन्न भागमा हुने कोठीले धनी सम्पत्तिमा पनि प्रभाव पार्छ । जस्तो कि कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।
बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । यस्ता ब्यक्तिको हातमा पैसा परे पनि खर्च भैहाल्छ । बचत गर्न सक्दैनन् । तल्लो ओंठमा कोठी छ भने धनको कमी हुन्छ । तर उपल्लो ओंठमा कोठी भएका ब्यक्ति भने कामुक हुने समन्द्र शास्त्रमा उल्लेख छ ।
बायाँ हत्केलामा कोठी हुनेहरु पनि खर्चालु हुन्छन् । यिनीहरुबाट पैसा बचत हुनु सम्भव छैन । बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो ।
यस्ता ब्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ । चोरी औंलामा कोठी छ भने यस्ता ब्यक्तिले जीवनमा धन अभाव भोग्छन् ।
हत्केलामा वृहस्पति पर्वतमा कोठी छ भने यस्ता ब्यक्तिले पनि धन बचाउन सक्दैनन् । यिनीहरुलाई पैसा हात लागेपनि बचत हुँदैन ।
बायाँ आँखीभौंमा कोठी भएका ब्यक्ति पनि खर्चालु हुन्छन् । उनीहरुले विलासितामा पैसा खर्च गर्ने समुद्र शास्त्रमा उल्लेख छ । बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । यस्ता ब्यक्तिको पैसा उपचारमा बढी खर्च हुन्छ ।