×

NMB BANK
NIC ASIA

उच्च अदालत दिपायलले टीकापुर घटना मुद्दामा फैसला सुनाएको एक वर्ष पुगेको छ । गत वर्ष पुस २ गते उच्च अदालत दिपायलले रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैद फैसला गरेको सो फैसलालाई सदर गर्‍यो । जन्मकैद सजाय नपाएका थरुहट नेता लक्ष्मण थारुलगायतलाई पनि जन्मकैदको सजाय सुनायो । न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले फैसला सुनाएको हो ।

Muktinath Bank

उच्च अदालतको फैसलाविरुद्ध घटनाका प्रतिवादीहरूले भने सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । तर, एक वर्षसम्म पनि सर्वोच्च अदालतबाट कुनै सुनुवाइ नहुँदा प्रतिवादीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थरुहट/थारुवान राष्ट्रिय मोर्चाका संयोजकसमेत रहेका नेता थारुले  धनगढीमा पत्रकारहरुसँग सो फैसलाले थारू समुदायलाई अन्याय गरेको बताए । 


Advertisment
Nabil box
Kumari

उच्च अदालतको फैसला आफूहरू मान्न तयार नभएको बताउँदै उनले त्यसको विरुद्धमा सर्वोच्च अदालतमा अपिल गरेको बताए । तर, सर्वोच्चको ढिलासुस्तीले पनि आफूमाथि अन्याय भइरहेको उनको भनाइ छ ।

Vianet communication

‘एक वर्षको अवधिमा सुनुवाइ हुनुपर्थ्यो । तर भएको छैन । ढिलासुस्ती उस्तै छ । आलटाल उस्तै छ । यो दुर्भाग्यपूर्ण हो,’ उनले आक्रोश पोख्दै भने, ‘त्यसो हो भने, लाल आयोगको प्रतिवेदन ६ वर्षसम्म किन लुकाइयो ? हामी भन्छौँ, लाल आयोगको प्रतिवेदन सर्वोच्च अदालतले माग गरोस् । अनि शासकहरूजानुन् टीकापुर घटनामा के भएको थियो ? कसको कारण घट्यो ? मान्छे कसरी मर्न गए ? ६/६ वर्षसम्म प्रतिवेदन लुकाउनुको अर्थ थारुहरू निर्दोष छन् ।’   

के थियो उच्च अदालतको फैसला ?

उच्च अदालत दिपायलका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनवाइ गर्दै रेशम चौधरीसहितका ७ जनाको हकमा जिल्ला अदालतको जन्मकैदको फैसला सदर गरेको थियो । 

सो फैसलाले केहीको हकमा जिल्ला अदालत कैलालीको २०७५ फागुन २२ गतेको फैसलालाई सदर गरेको छ भने केही प्रतिवादीको हकमा उल्टिएको छ ।

प्रतिवादी रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी गरी ७ जनाको हकमा फैसला सदर गरिएको हो ।

फैसलामा भनिएको छ, ‘७ जनाको हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३, (३) नं. बमोजिम जन्मकैद हुने र सो महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय समेत हुने ठहर्‍याई भएको शुरू कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर छ ।’

साथै फैसलामा ‘अभियोग दाबीबाट सफाइ पाउँ भन्ने निज प्रतिवादीहरूको पुनरावेदन जिकिर र डाँका चोरीमा समेत सजाय गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन’ भनिएको छ ।

त्यस्तै प्रतिवादी लक्ष्मण थारुको हकमा भएको फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं को कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहर्‍याई भएको शुरू अदालतको फैसला मिलेको नदेखिँदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३ (४) बमोजिम जन्मकैद हुने ठहर्छ ।’

साथै उनलाई सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने ठहर गरिएको छ । ‘अभियोग वादी सफाइ पाउँ भन्ने निज पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । डाँका चोरीतर्फ वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुुग्न सक्दैन,’ सो फैसलामा भनिएको छ । 

यसअघि जिल्ला अदालत कैलालीले थरुहट नेता लक्ष्मण थारुलाई ३ वर्ष जेल सजाय सुनाइएको थियो । उक्त अवधि जेलमा नै काटिसकेकाले उनलाई रिहा गरिएको थियो ।

यस्तो थियो जिल्ला अदालतको फैसला

फरार रहेकै अवस्थामा रेशम चौधरी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचनमा ३४ हजार ३४१ मत पाएकोमा उनको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार ४०६ छ मतमै चित्त बुझाउनु पर्‍यो । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपाने ११ हजार २०३ मतमै सीमित हुनु पर्‍यो । 

चौधरी २०७४ फागुन १४ गते अदालतमा हाजिर भएका थिए । त्यसलगत्तै उनलाई पुर्पक्षको लागि थुनामा राखियो । जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते सो मुद्दाको सुनुवाइ गर्दैै रेशम चौधरीसहित १० जनालाई जन्मकैद, एक जनालाई १० वर्ष कैद र तीन जनालाई सफाइ दिएको थियो ।

घटना घटेको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले चौधरीसहितलाई दोषी भएको ठहर गरेको थियो । सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो । 

थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुराम चौधरीलाई ३ वर्ष जेल सजाय सुनाइएको थियो । उक्त अवधि जेलमा नै काटिसकेकाले उनीहरूलाई रिहा गरिएको थियो ।

अदालतले रामनरेश चौधरी, विश्राम कुसी र नुरुल अली जागालाई भने सफाइ दिएको थियो ।

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा ८ प्रहरीसहित एक नाबालकको ज्यान गएको थियो ।

घटनाको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको थियो । 

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रेशम चौधरी कैलाली १ बाट निर्वाचित भएका थिए ।

निर्वाचित भएको १३ महिनापछि २०७५ पुस १९ गते चौधरीले सांसद पदको शपथ लिएका थिए । जेलमा रहेका चौधरी शपथ लिएलगत्तै फेरि सांसदको लोगो लगाएर जेल गएका थिए ।

सम्पादकीय नोट: यसअघि यही समाचारमा असावधानीवश कतिपय अपुष्ट र गलत तथ्यहरू पर्न गएकोमा क्षमाप्रार्थी छाैं । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x