२० असार २०८३, शनिबार

चिट चोर्न नपाएको भन्दै शिक्षक कुटपिटको विषयमा सदनमा गृहमन्त्री र शिक्षामन्त्रीको जवाफ माग

चिट चोर्न नपाएको भन्दै शिक्षक कुटपिटको विषयमा सदनमा गृहमन्त्री र शिक्षामन्त्रीको जवाफ माग

चिट चोर्न नपाएको भन्दै आरआर क्याम्पस काठमाडौंका शिक्षक प्रकाश पुडासैनीलाई कुटिएको विषयमा सदनमा गृहमन्त्री र शिक्षामन्त्रीको जवाफ माग गरिएको छ । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ लगायत केही अध्यादेशमाथि विरोधको सूचना राख्ने क्रममा सुवालले गृहमन्त्री र शिक्षामन्त्रीको जवाफ माग गरेका हुन् । 

‘चिट चोर्न नपाएको भन्दै आरआर क्याम्पसका प्राध्यापक कुटिएको विषयमा संसदमा शिक्षामन्त्री र गृहमन्त्रीलाई जवाफ दिन माग गर्दछु,’ सुवालले भने । मंगलवार भएको परीक्षाको क्रममा चिट चोर्न नपाएका प्राध्यापकलाई विद्यार्थी कुवेर जेठाराले कुटपिट गरेका थिए । 

घाइते शिक्षकको सात ठाउँमा टाँका लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्