काठमाडौँ गोकर्णेश्वरमा रहेको नामी कलेजले विभिन्न संकायका बिधार्थीहरुलाई दीक्षान्त समारोह आयोजना गरेको छ ।
उक्त दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गत का बिधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी विशेष अतिथिका रुपमा उपस्थित थिए भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राण देउवाले अध्यक्षता गरेकी थिइन् ।
कार्यक्रममा अतिथिका रूपमा नेपालका लागि बेलायतका कायममुकायम राजदूत एड वर्ड रोवर्टको पनि उपस्थिति रहेका थिए ।