×

NMB BANK
NIC ASIA

हडपिँदै सार्वजनिक जग्गा

भक्तपुरको सार्वजनिक जग्गा टुक्रा पारेर व्यक्तिको नाममा, जनप्रतिनिधिकै मिलेमतो रहेको आरोप

पुस १५, २०७८

NTC
Premier Steels

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ३ स्थित हनुमन्ते खोलाको छेउमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर किनबेच गरेको गुनासो स्थानीयले गरेका छन् ।

Muktinath Bank

साबिक बालकोट गाविस वडा नम्बर १ को कित्ता नम्बर ३२ र ३३ को ११ रोपनी जग्गा अहिले आएर टुक्राटुक्रामा विभाजित गरी व्यक्तिको नाममा दर्ता गरिएको स्थानीयको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्बौं मूल्य पर्ने उक्त जग्गा मास्ने काममा स्थानीय तहका जनप्रतिनिधि र नेता नै मतियार भएको आरोप उनीहरूले लगाएका छन् ।


Advertisment
Nabil box
Kumari

साविकका ती कित्तालाई हालसाविक गर्दै नयाँ कित्ताहरूमा टुक्राटुक्रा पारेर सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरिएको छ । मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका, मालपोत कार्यालय भक्तपुर, नापी कार्यालय भक्तपुरसहितको मिलेमतोमा भूमाफियाहरूले उक्त जग्गा व्यक्तिको नाममा कायम गरेर बिक्री वितरण गरिरहेको स्थानीयको दाबी छ ।

Vianet communication

उक्त सार्वजनिक जग्गा एकराज पाण्डे, सुजाता गौतम, शान्तराज राई, सम्झना आचार्य, रेवतीरमण रेग्मी, देवी रेग्मी, सविता पोखरेल, निशा कोइराला लगायतका व्यक्तिको नाममा निजी जग्गा हाल साविकको नाममा कायम गरिएको स्थानीयको दाबी छ।

स्थानीय विनोद विष्ट, राजु विष्ट, पुस्कर विष्ट लगायतले दिएको जानकारीअनुसार साविकको ३२ र ३३ नम्बरको कित्तालाई हाल साविक गर्दा कित्ता नम्बर ५४०, ५४२, ५८०, ५८९, ५९०, ५९१, ५९२, ६०४, ६०९, ६१०, ६१२ लगायतमा बाँडिएको छ ।

कित्ता नम्बर ५८० एकराज पाण्डेको नाममा, कित्ता नम्बर ५८९, ५९२, ६१० र ६१२ सुजाता गौतमको नाममा, कित्ता नम्बर ५९० सम्झना आचार्यको नाममा, कित्ता नम्बर ५९१ शान्तराज राईको नाममा कायम गरिएको उनीहरूले बताए।

त्यसैगरी कित्ता नम्बर ५४०, ५४२ रेवती रमण रेग्मीको नाममा, कित्ता नम्बर ६०९ देवी रेग्मीको नाममा, कित्ता नम्बर ६०४ सविता पोखरेलको नाममा, कित्ता नम्बर ५४५ निशा कोइरालाको नाममा कायम गरिएको उनीहरूले बताए।

अर्कातर्फ सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ स्थित केही स्थानीयको निजी जग्गालाई हाल साविक कायम गरी सार्वजनिक जग्गा बनाइदिएको स्थानीयहरूको आरोप छ ।

राजु विष्ट, विनोद विष्ट, पुस्कर विष्ट, गोविन्द विष्ट, हरि विष्ट, रमेश विष्ट, सुरेश विष्ट, महेश विष्ट लगायतको निजी जग्गा रहेकोमा हाल साविक कायम गर्दै साविकको सार्वजनिक जग्गा कायम गरिदिएको उनीहरूले बताए ।

'कित्ता नम्बर १, २, ५, ६, ५३२, ५३३, ५२२, ८७५, ८७६, १२, १३, ८, १३३२, १३३३, १३३४, १३३५, १३३६, १३३०, १९२०, १९२१, ९७६, ९७७ को जग्गा साविकमा हामीहरूको निजी जग्गा थियो,' उनीहरूले लोकान्तरसँग भने, 'तर अहिले हाम्रो ती कित्ताका जग्गाहरूलाई सार्वजनिक बगरको रूपमा कायम गरिदिएको छ ।'

उक्त जग्गाको बीचमा हनुमन्ते खोला बगेको छ। खोलाको वारि सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ स्थित बस्ती छन् भने पारी साविकको बालकोट गाविस तथा हालको मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ३ स्थित पर्ति जग्गाहरू छन् । करीब ३० वर्षअघि उक्त खोलाको धार परिवर्तन भएको थियो।

साविकमा उक्त जग्गा बालकोट गाविसअन्तर्गत थियो। त्यस कारण अहिले उक्त जग्गाको सबै कागजातहरू सूर्यविनायक नगरपालिका अन्तर्गत छ । तर हनुमन्ते खोलाले धार परिवर्तन गरेका कारण उक्त सार्वजनिक जग्गा अहिले मध्यपुर थिमी नगरपालिका वडा नम्बर ३ मा पर्न गएको छ ।  

खोलाले आफ्नो धार परिवर्तन गरेपछि तत्कालीन बालकोट गाविसको कार्यालय र तत्कालीन  ढल समितिले संयुक्त रूपमा उक्त सार्वजनिक जग्गा संरक्षण गर्नका लागि तारबार समेत लगाएको थियो। तर अहिले तारबारले घेरिएको उक्त सार्वजनिक जग्गा टुक्राटुक्रामा प्लटिङ गरेर व्यक्तिको नाममा कायम गरिएको छ।

सार्वजनिक जग्गा जनाउनका लागि तारबार गरिएपनि त्यहीँभित्र प्लटिङ गरेको, खेतीपाती गरेको, टहरा बनाएर बसेको देख्न सकिन्छ ।

टुक्राटुक्रामा उक्त जग्गालाई विभाजन गरेर ढुंगासहितको पर्खाल लगाएर खेतीपाती गर्दै गरेको देखिन्छ ।

जस्ताको टहरामा गाईपालन पनि गरिएको छ ।

मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष प्रेम बहादुर कुटु सार्वजनिक जग्गाको केही कित्ता हालसाबिक गरी व्यक्तिका नाममा गएको स्वीकार्छन् ।

'साविकमा बालकोट गाविसको मातहतमा रहेको उक्त सार्वजनिक जग्गाको विवरण सूर्यविनायक नगरपालिका मातहत छ,' वडाध्यक्ष कुटुले लोकान्तरसँग भने, 'त्यसैले त्यही नगरपालिकाबाट सिफारिश गराएर हाल साविक कायम गर्दै केही व्यक्तिहरूको नाममा उक्त जग्गा दर्ता भएको कुरा हामीले पनि सुनेका छौं ।'

उनले ती जग्गाको सम्बन्धमा आफूहरूले मालपोत, नापी सबैतिर पत्राचार गरिसकेको बताए ।

'सूर्यविनायक नगरपालिकाबाट नै हाल साविक कायम गर्दै जग्गा दर्ता गराउन सिफारिश गर्ने गरिएको भनेर गुनासो आएको हो,' कुटुले थपे, 'त्यसपछि नापी कार्यालय, मालपोत कार्यालय सबैमा हामीले पत्राचार गरेर उक्त सार्वजनिक जग्गाको कुनै पनि सिफारिश नगर्न भनिसकेका छौं ।'

उक्त जग्गाको विषय भक्तपुर जिल्ला अदालतसम्म पुगेको उनले बताए। 'व्यक्तिको नाममा हाल साविक कायम गरिएको उक्त जग्गा दर्ता बदर गरी सार्वजनिक गरी पाउँ भन्दै जिल्ला अदालतमा मुद्दा पनि दर्ता भएको छ,' उनले भने । मुद्दा विचाराधीन छ ।

उक्त विषयमा स्थानीयहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेका छन्।

अर्बौं मूल्य पर्ने सरकारी जग्गा स्थानीय जनप्रतिनिधिहरूको मिलेमतोमा भूमाफियाले व्यक्तिको नाममा दर्ता गराएर बिक्री वितरण गरिरहेको भन्दै अख्तियारमा स्थानीयले उजुरी दिएका छन्। अख्तियारले पनि विस्तृतमा त्यसको अनुसन्धान गरिरहेको छ।

नापी कार्यालय भक्तपुरका प्रमुख नापी अधिकृत मग्नु दत्त पनि उक्त जग्गामा धेरै जटिलता देखिएको बताउँछन्।

साविकमा उक्त जग्गाको कित्ता नम्बर ३२ र ३३ सरकारी सम्पत्ति रहेको तथा सार्वजनिक बगरको रूपमा ११ रोपनी क्षेत्रफल रहेको भनेर स्रेस्तामा छ । तर फिल्ड बूकमा भने ७ रोपनी १५ आना ३ पैसा जग्गा मात्र उल्लेख गरिएको उनले बताए। 

२०२१ सालको नापी सर्वेक्षण हुँदा नै बढी गरेर जग्गा लेखिएको उनले बताए। त्यसमा पनि नापी कार्यालयको टोलीले स्थलगत नाप जाँच गर्दा ७ रोपनी २ आना जग्गा मात्र पुगेको उनले बताए।

'बालकोटको वडा नम्बर १ र २, दिव्येश्वरीको ३ 'क' र ३ 'ख' गरी चारवटा नक्साको मार्जिन भएका कारण त्यहाँ नक्सामा खोला पनि फरक–फरक देखिएको छ,' दत्तले लोकान्तरसँग भने, 'एउटा नक्साको आधार लिएर हेर्दा केही समस्या देखिँदैन, तर अर्को नक्साको आधार लिएर हेर्दा समस्या नै समस्या देखिन्छ । जटिल देखिन्छ।'

त्यहाँ स्थलगत रूपमा गएर हेर्दा देखिएका सबै समस्याका बारेमा नापी विभागदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्मलाई लेखेर पठाइसकिएको उनले बताए ।

'सरकारी स्तरबाट एउटा उच्चस्तरीय संयन्त्र गठन गरेर छानबिन भए मात्र त्यहाँको समस्या समाधान हुनसक्छ,' दत्तले खुलाए।

उक्त सार्वजनिक जग्गाको साविकको कित्ता हाल साविक हुँदा नयाँ कित्ताहरू बनेको उनले बताए पनि व्यक्तिको नाममा भने कायम भएको छैन ।

'त्यहाँ सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम भएको भन्ने कुरा मलाई थाहा छैन, तर केही व्यक्तिको नाममा उक्त जग्गा दर्ता भएको हुनाले बदर गराइपाऊँ भन्दै भक्तपुर जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको भन्ने मैले पनि सुनेको छु,' उनले भने ।

यसरी खुल्यो पोल

हनुमन्ते खोलाको धार परिवर्तन भएर अहिले मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर १५ तर्फ गएको छ।

लामो समयदेखि पर्ती रहेको उक्त सार्वजनिक जग्गा संरक्षणका लागि ढल समिति र साविकको बालकोट गाविसको कार्यालयले संयुक्त रूपमा नाप नक्सा गर्दै तारबार लगाएको थियो।

तारबारसहित घेरा लगाएर संरक्षण गरिएको उक्त सार्वजनिक जग्गामा केही मानिसले टहरा बनाएर बसोबास गर्दै आएका थिए । खास गरेर गाईपालन गर्नका टहरामा केही स्थानीयले गोठ पनि बनाएका थिए ।

एक वर्ष अघि आफ्नो अधिकारक्षेत्र समेत मिचेर सूर्यविनायक नगरपालिकाले त्यहाँको टहरा भत्काउनका लागि डोजर पठाएको थियो। स्थानीय राजु विष्टका अनुसार विना कुनै सूचना अचानक सूर्यविनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कमलनाथ आचार्यको रोहवरमा डोजर ल्याएर टहरा भत्काइएको थियो ।

जग्गा हाल मध्यपुर थिमी नगरपालिका अन्तर्गत रहेकोमा अधिकार नै नभएका सूर्यविनायक २ का वडाध्यक्ष आचार्यले डोजर चलाएपछि स्थानीयले विरोध जनाए ।

सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासो गर्दै स्थानीय

'कम्तिमा आधा घन्टा समय त दिनुस्, गाईवस्तु निकाल्न दिनुपर्‍यो भन्दा पनि मानेनन्,' स्थानीय राजु विष्टले लोकान्तरसँग भने, 'उल्टै तीन भ्यान प्रहरी पठाएर ठूलै अपराधी जस्तो गरेर मलाई पक्राउ गरेर अभद्र व्यवहारको अभियोगमा ७ दिनसम्म थुने ।' सार्वजनिक जग्गा प्लटबन्दी गरेर टुक्राटुक्रामा बेच्नका लागि त्यत्रो नाटक मञ्चन गरिएको स्थानीयको बुझाइ छ ।

सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरेको तथा व्यक्तिको निजी जग्गामा सार्वजनिक बगर रहेको भनेर हालसाविक कित्ता कायम गरेको हुनाले सच्याउनका लागि पटक-पटक सूर्यविनायक नगरपालिकाको कार्यालय पुगे पनि कुनै सुनुवाइ नभएको उनले बताए ।

'हामीले ३० जना स्थानीयको हस्ताक्षरसहितको निवेदन लिएर सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ स्थित कार्यालयमा दर्ता गरायौं,' विष्टले भने, 'तर हालसम्म कुनै पनि कारवाही भएको छैन ।'

साविकको नापनक्सा तथा हाल साविक कायम गरिएको नयाँ नापनक्सा सहितको प्रतिवेदन लिएर विनोद विष्ट पनि सूर्यविनायक नगरपालिका पुगेका थिए । तर निवेदन माथि सुनुवाइ गर्नुको साटो प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली र कर्मचारी सुरज पौडेलले आफूलाई उल्टै थुनामा पठाएको उनको आरोप छ ।

'नयाँ नक्सा र पुरानो नक्सा लिएर नगरपालिका गएको थिएँ, तर मेरो निवेदनमा सुनुवाइ गर्नुको साटो प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सुरज पौडेल समेतले मलाई थुनामा पठाए,' विनोदले भने, 'प्रहरी कार्यालय जगातेमा दुई दिनसम्म हिरासतमा राखियो ।'

न्यायिक समिति संयोजक समेत रहेकी नगरपालिकाकी उपप्रमुख जुना बस्नेतलाई पनि पटक-पटकभन्दा समेत कुनै सुनुवाइ नगरेको स्थानीयको आरोप छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कमलनाथ आचार्य, वडासदस्य विश्वराज विष्ट, मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष प्रेमबहादुर कुटुसहितका जनप्रतिनिधिको घर समेत त्यही आसपासमा भए पनि हालसम्म त्यो जग्गा व्यक्तिको नाममा गरिएको सम्बन्धमा चासो नदिएको स्थानीयको गुनासो छ ।

सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष कमलनाथ आचार्य भने उक्त सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरिएको भन्ने हल्ला सत्य नभएको बताउँछन्।

'उक्त जग्गा व्यक्तिको नाममा कायम गरियो भन्ने गुनासो आएपछि हामीले पनि मालपोत कार्यालय र नापी कार्यालयलाई पत्राचार गरेका थियौं,' आचार्यले भने, 'त्यस पछि दुवै कार्यालयबाट उक्त जग्गाको स्रेस्तामा हालसम्म नेपाल सरकार नै लेखिएको भनेर पत्र सहितको जवाफ आएको थियो ।'

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उक्त विषयको उजुरी परेपछि आयोगले विस्तृत छानबिन गरिरहेको उनले बताए।

'मालपोत र नापी कार्यालयले दिएको पत्र नै अख्तियारलाई हामीले बुझाएका छौं,' उनले खुलाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x