
एल.जी.ले नेपालभरी रोड शो शुरू गरेको छ ।
यस रोड शोमा एल.जी.का अभिनव उत्पादनहरु प्रदर्शनका साथै–साथै वासिङ मेसिनको डेमो पनि गरिरहेको छ ।
यस रोड शोमा वासिङ मेसिन, टि.भी., ए.सी., माईक्रोवेभ ओभन, भ्याकुम क्ल्निर जस्ता एल.जी.का उत्पादनहरु प्रदर्शन गरिएको छ । बनेपा देखि शुरु भएको रोड शो कार्यक्रम गोरखा, वेशीसहर, पोखरा हुदै सुदुर पश्चिम महेन्द्रनगर देखि सुर्खेतसम्म हुनेछ ।
यस रोड शो को मुख्य आकर्षण वासिङ मेसिन डेमो रहेको छ । जसमा एल.जी.को ९/६ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने, साथ साथै यस वासिङ मेसिनको विशेषता पनि बताउने योजना छ ।
एल.जी.को वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने गरेको छ र यस रोड शो बाट वासिङ मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकवर्गहरुलाई जानकारी दिने उद्देश्य रहेको छ ।
साथै उक्त शो अन्तर्गत ग्राहक वर्गहरुले एल.जी.का कुनै पनि सामान खरिद गर्दा वा बुकिङ गरेमा आकर्षक अनि अतिरिक्त छुट पनि पाउनेछन् ।
एल.जी.को आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।