बैशाख २४, २०७९
मेडिटेरियन परिकार विश्वभरकै स्वस्थबर्द्धक खाना मानिन्छ । सबैजसो खानाका परिकारका लागि चाहिने सामग्री ताजा मात्र प्रयोग गर्नु र पकाएर भण्डारण नगरिने हुँदा यी खालका खानाका परिकार धेरै देशमा लोकप्रियता बढ्दै जानु ह...
काठमाडाैं | पुस २४, २०७८
आमाले सानै उमेरदेखि के–के बनाएर खुवाउनु भयो, ती सबै परिकारलाई सम्झी–सम्झी उनले आफ्नो मेनुको खेस्रा कोरेर तयार पारे एक कप्लिट कोर्सको लिस्ट र उनले तिनै खानालाई परिमार्जन गर्दै अभ्यासमा जुटे ।
नेपाली खानालाई विश्वभर चिनाएरै छाड्छु भनेर गत वर्षदेखि कम्मर कसेर लागेका सेफ शाह गत वर्ष नेपाल आउँदा नेपालीबाट जुन सम्मान पाए, त्यसले उनलाई झन् अतिरिक्त जिम्मेवारीबोध भयो र १ दिन यो उपाधि जितेर छाड्छु भन्ने अठोटमा पुगे । जुन आज आएर पूरा भयो ।
उपाधिमा उनको नाम गुञ्जँदा उनका आँखा पूर्ण रूपमा रसाएका थिए र सबैभन्दा पहिले उनले आफ्नो आमालाई सम्झेका थिए ।
‘आमाको देन र आशिर्वादले म आज यहाँसम्म आउन सफल भएँ,’ उनले फोन वार्तामा खुशी व्यक्त गर्दै भने, ‘मेरो सपना नेपाली खानालाई विश्वभर चिनाउनु थियो, चिनाइ छाडें, अत्यन्त खुशी छु ।’ १८ प्रकारका विशुद्ध नेपाली परिकार पस्केर उनले जजहरूलाई नै चकित तुल्याएका थिए ।
अर्को महत्त्वपूर्ण कुरा त ब्रिटेन जस्तो देशमा उनले भेगान खाना पस्कने प्रयास गरेका थिए, जुन सराहनीय बन्यो । यसपटक सन्तोषले कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न ७ प्रकारका तरुवा, तिलौरीबिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकारका नेपाली लोक खाना पस्केका थिए । जुन अन्य प्रतिस्पर्धीहरूभन्दा भिन्न र नौलो प्रस्तुति सावित भयो ।
नेपाली लोक र मौलिक खानालाई आधुनिक शैलीमा पस्कन खप्पिस सन्तोष सबैमाझ प्रिय बन्न पुगेर नेपाल र नेपाली पाक कलालाई विश्वसामु चिनारी राख्न सफल भए ।
गत वर्षको प्रतियोगितामा पनि निर्णायकहरूको मन जित्न सफल शाह रनर अपमा सीमित हुँदा केही खिन्न थिए । आफ्नो गाउँमा खाएका परिकार र समग्र नेपाली मौलिक खानालाई अध्ययन गरेको आधारमा उनले यो वर्षको तयारी पूरा गरेका थिए । गत वर्ष केही फ्युजन गरेर नेपाली खाना पस्किए पनि यो वर्ष उनले विशुद्ध रूपमा उनले नेपाली लोपौन्मुख परिकारहरू पस्कन सफल भएका थिए । यसका लागि उनले महिनै लगाएर नेपाली मौलिक सामग्रीहरू खोज गरेका थिए ।
सिराहा जिल्लाको कर्जन्हामा जन्मेका सन्तोष शाह सानै उमेरमा कामको खोजीमा भारत गएका थिए । १५ वर्षको उमेरमा किचनमा काम शुरू गरिसकेका हुनाले भारतमा रहँदा पनि उनले धेरै सिक्ने मौका पाए । भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफको उच्च पोजिसनमा काम गर्न पाउनु र फ्रान्सका रेमन्ड ब्ल्याकसङगको संगतले उनलाई सिक्ने र कलिनरीबारे अझ बुझ्ने र सिक्ने मौका पाए । फलस्वरूप उनले बेलायतमा बस्दा पनि विभिन्न ब्रान्डेड रेस्टुरेन्टमा उच्च ओहोदामा रहेर काम गर्ने मौका पाए ।
गत वर्ष उनले एक भेटमा भनेका थिए – मैले धेरै देशको पाक कलाका विषयमा काम गरे । अबका दिनमा म अब नेपाली खानाका विकास र परिमार्जन गरी विश्वलाई चिनाउने काम गर्नेछु ।
अबका दिनमा हामीले पनि नेपाली परिकार स्वादिष्ट र स्वस्थ मात्र होइन, विश्वसामु प्रतिस्पर्धा गर्नलायक पनि छन् भनी प्रमाणित गरेर देखाउन सफल भएका छन् ।
मेडिटेरियन परिकार विश्वभरकै स्वस्थबर्द्धक खाना मानिन्छ । सबैजसो खानाका परिकारका लागि चाहिने सामग्री ताजा मात्र प्रयोग गर्नु र पकाएर भण्डारण नगरिने हुँदा यी खालका खानाका परिकार धेरै देशमा लोकप्रियता बढ्दै जानु ह...
पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा छ । स्वास्थ्यमा निकै सचेत हुन थालेका नेपालीहरू ‘डिटक्स वाटर’ पिउनु भनेको धेरै राम्रो कुरा हो । स्वच्छ पिउने पानीलाई काँचको जार, डिसपेन्सर, बोटल या ...
हप्तैपिच्छे इन्धनको मूल्य बढ्दा नेपालले पेट्रोलियम पदार्थ किन्न धौधौ पर्न थालेको छ । इन्धन खपत कम गर्नकै लागि जोरबिजोर लागू गर्नेदेखि शनिवार र आइतवार सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव सरकारी निकायबाट आएको छ । नेपा...
अर्जुनमोहन भट्टराई केही दिनअघि तरकारी बजार कालिमाटीमा मोटरसाइकल लिएर तरकारी किन्न गए । खास मनपर्ने हरियो तरकारी नभेटेपछि एक मुठा साग किने । मोटरसाइकल स्टार्ट गर्न लाग्दा पार्किङ शुल्क उठाउन ...
नेपालको रैथाने परिकार भिनाजु बन्छ कसरी भन्ने जिज्ञासा धेरैमा रहन्छ । कतिलाई त यो पनि थाहा छैन कि पाकेको कटहरको बीचको भेट्नोको नाम नै भिनाजु हो भनेर पनि । भिनाजु भन्ने शब्द आफैंमा सम्मानित छ । ससुर...
कुनै समय त्यस्तो थियो सबै खानाका परिकार माटोका भाँडामा पाक्थ्यो । आधुनिकतासँगै यो हाम्रो समाजबाट लोभ हुँदै गएको थियो तर पछिल्लो समय मटिया परिकार फेरि चर्चित र लोकप्रिय हुँदै गयो । पछिल्लो समय माटोक...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...