जेठ २८, २०७९
बुटवललाई औद्योगिक शहर भनिन्छ तर बुटवललाई औद्योगिक ‘हब’ बनाउने पात्रबारे खासै चर्चा/परिचर्चा हुँदैन । व्यापारको केन्द्र पुरानो बटौली, भट्टी पसलका रूपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ, त्...
काठमाडाैं | पुस २६, २०७८
नयाँ आर्थिक वर्ष लागेसँगै नयाँ उत्साहका साथ काम तयारीमा थियो नेपालको सबैभन्दा जेठो बिस्कुट उद्योग ‘नेबिको प्रालि’ ।
साउन २२ गते शुक्रवार साँझसम्म म्यानेजमेन्ट टीम नयाँ ढंगले अगाडि बढ्न छलफल गर्दै थियो ।
त्यो दिन साँझ साढे ७ बजेसम्म बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको कार्यालयमा नयाँ रणनीतिका साथ अगाडि बढ्न छलफल गरिएको थियो ।
भोलिपल्ट शनिवार । प्रायः बिदामा थिए ।
कार्यालयबाट आफ्नै डिपार्टमेन्टका एक साथीको लगातारको फोन निन्द्राकै झोकमा उठाउन बाध्य भए, अरुण राज पौडेल ।
पौडेल नेबिकोका ब्राण्ड म्यानेजर हुन् । उनलाई आफ्नै डिपार्टमेन्टका साथीले बिहान सवा ४ बजे आसपासमा नै फोन गरेका थिए । फोनमा उनले सुनाएको कुराले झसंग भए, अरुण ।
फोनमा भनिएको थियो, ‘तपाईं तुरुन्तै अफिस आउनुपर्ने भयो । कार्यालयमा भीषण आगलागी भएको छ ।’
अरुणले झिसमिसेमै आएको फोनसँगै आँखा मिच्दै विस्ताराबाट उठे ।
साथीले भनेको कुरा विश्वास गर्नै नसक्ने खाले थियो । तर पनि विश्वास गर्न बाध्य भए उनी ।
त्यसपछि तयारी गरे अफिस निस्कने ।
हतास भएको र नियमित तालिकाभन्दा अगाडि नै उठेपछि उनकी पत्नीले पौडेललाई प्रश्न गरिन्– ‘के भयो ? कहाँ जान लाग्नुभयो ?’
अरुण नाजवाफ बने । उनीसँग कुनै शब्द नै थिएन ।
अघिल्लो दिन नयाँ योजना बनाएर अफिसबाट घर ढिला फर्किएका र पत्नीलाई खुशीका कुरा सुनाएका पौडेललाई निकै द्विविधा भयो एकाबिहानै आगलागीको खबर कसरी सुनाऔं ।
घरबाट निस्कनै लाग्दा मात्र उनले पत्नीलाई भने– म अफिस जान लागेको, आगलागी भयो रे !
त्यसपछि पत्नीको प्रतिक्रिया समेत केही नसुनी अरुण अफिसतर्फ लागे ।
बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको फ्याक्ट्रीमा भएको आगलागी निकै ठूलो थियो ।
अफिस जाँदै गर्दा अरुणले महाराजगञ्जबाटै धूँवाको मुस्लो देखे ।
त्यसपछि उनको मन झनै आत्तियो ।
अफिस पुग्दा केही उज्यालो भइसकेको थियो । औद्योगिक क्षेत्रको प्रवेशद्वारमा नै निकै हल्लाखल्ला मच्चिरहेको थियो ।
उनी अफिस पुग्दा आगलागी निकै भीषण भइरहेको थियो ।
१२ घण्टाको निरन्तर प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो ।
लोकान्तरसँगको कुराकानीमा ब्राण्ड म्यानेजर पौडेलले भावुक हुँदै सुनाएको कहानी हो यो ।
उनी प्रतिनिधि पात्र मात्रै हुन् ।
कम्पनीका व्यवस्थापक मात्र हैन प्रायः सबैका लागि आगलागीको खबर अप्रत्याशित थियो ।
‘५८ वर्षमा यात्रा गरिरहेको ऐतिहासिक उद्योग जलिरहँदा धेरैको मन जलिरहेको थियो,’ पौडेलले सुनाए ।
०००
अस्तित्व जोगाउने यात्रा
नेबिको प्रालि मुलुककै जेठो बिस्कुट उद्योग हो ।
सन् १९६० (वि.सं. २०२०)मा सञ्चालनमा आएको यस उद्योगप्रति धेरैको आस्था जोडिएको छ ।
नजोडियोस् पनि किन, निकै पुरानो यस कम्पनीका बिस्कुट प्रायः सबैको चियाखाजाको रूपमा रहँदै आएको छ ।
भावना पनि गहिरोसँग जोडिएको छ ।
नेबिको आगलागीपछि कसरी अगाडि बढ्ने ? त्यो सोच्नै सकिने अवस्था थिएन ।
५८ वर्षको यो उद्योग अब इतिहास बन्ने हो कि भन्ने चिन्ता र संशय पैदा भयो ।
नेबिकोको टीम भने त्यतिखेर के गर्ने भन्ने सोच्न सक्ने अवस्थामा थिएन ।
आगलागी नियन्त्रणमा आएपछि खण्डहर बनेको थियो, प्लान्ट ।
आउने, मुखामुख गर्ने, अँध्यारो अनुहार लगाएर फर्कने दैनिकी नै बनेको थियो टीमको ।
अगाडि बढ्नका लागि नयाँ तयारी गर्ने सोच्न नै उद्योगका सञ्चालक समूहलाई एक साताभन्दा बढी लागेको ब्राण्ड म्यानेजर पौडेलले सुनाए ।
आगलागीबाट कम क्षति भएका मशिनहरूलाई मर्मत गरेर तत्कालका लागि उद्योग चलाउनुपर्ने बाध्यता थियो ।
आफ्नो अस्तित्व जोगाउनका लागि पनि तत्कालै उद्योग सञ्चालनमा ल्याउनुपर्नेमा कम्पनी पुग्यो ।
फलस्वरूप आगलागीको ४४ दिनपछि (गत असोज २३ देखि) उद्योग सञ्चालनमा ल्याइयो ।
‘भइरहेका मशिनहरूबाट नै जति सकिन्छ त्यति क्षमतामा उद्योग सञ्चालन गर्ने गरी ४४ दिनपछि हामीले पुनः काम शुरू गर्यौँ, यो अस्तित्व जोगाउनका लागि मात्रै थियो,’ पौडेलले भने ।
आगलागीपछि नेबिको अहिले ६० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेको छ ।
आगलागीबाट ५० करोड रुपैयाँको नोक्सानी व्यहोरेको छ ।
क्षतिपछि पुनः सञ्चालनका लागि कम्पनीले करीब ३ करोड रुपैयाँ खर्च गर्यो । तर त्यो खर्च पूर्ण सञ्चालनका लागि होइन, आपतकालका लागि मात्रै थियो ।
आगलागीपछि उद्योग त क्षति भयो नै, बजारमा बिस्कुट नै पठाउन नपाउने हो कि भन्ने चिन्ताले कम्पनीका सञ्चालकहरू तनावमा थिए ।
अस्तित्व रक्षाका लागि र बजारमा बिस्कुट पुर्याउनकै लागि भएपनि जस्तो हुन्छ, त्यसै गरी उत्पादन शुरू गर्ने पक्षमा सबै सहमत भए ।
त्यसपछि शुरू भएको थियो पुनः उत्पादन ।
‘अस्तित्व रक्षाका लागि मात्रै शुरूआती दिनमा उद्योग सञ्चालनमा ल्याएका हौँ, अहिले पनि सोही अवस्था हो,’ पौडेल सुनाउँछन् ।
कसरी तंग्रिँदै छ उद्योग ?
नेबिकोमा आगलागी भएको अहिले ५ महिना बितेको छ । यस अवधिमा उद्योगले बिस्तारै तंग्रिने अभ्यास गर्दैछ ।
५० करोड क्षति बेहोरे पनि बिमावापत २६ करोड रुपैयाँ मात्रै दावी भुक्तानी पाउने अवस्था गरेको कम्पनीको भनाइ छ ।
बिमाको रकम भुक्तानीको प्रक्रियामै छ ।
उद्योगको बालाजुस्थित प्लान्ट क्षत् विक्षत् अवस्थामा छ । तर कतिपय भने रेट्रोफिटिङ मात्रै गरेमा पुग्ने देखिएको छ ।
अहिले उद्योगले सो प्लान्टलाई मर्मत सम्भार गर्दै काम गरिरहेको कम्पनीका ब्राण्ड म्यानेजर पौडेलले बताए ।
यसबाहेक उद्योगले आगामी वैशाख महिनासम्ममा बालाजुमा नयाँ प्लान्ट स्थापना गर्दैछ ।
‘नयाँ प्लान्टको काम करीब अन्तिम चरणमा पुग्न लागेको छ, वैशाखसम्ममा हामीले यसलाई सञ्चालनमा ल्याउन सक्छौँ भन्ने विश्वास छ,’ पौडेलले भने ।
आगलागी भएको प्लान्टकै साटोमा नयाँ प्लान्ट ल्याउन लागिएको उनको भनाइ छ ।
कति भइरहेको छ उत्पादन ?
नेबिकोको बालाजु प्लान्टमा आगलागीपश्चात दैनिक १५ टन बिस्कुट उत्पादन भइरहेको छ ।
आगलागी अगाडि भने उद्योगले बालाजु प्लान्टबाट २५ टन बिस्कुट उत्पादन गरिरहेको थियो । नयाँ प्लान्ट स्थापनापछि बालाजु प्लान्टबाट दैनिक ४० टन बिस्कुट उत्पादन हुनेछ ।
विगतमा ७७ वटै जिल्लाका हरेक कुनाकाप्चामा नेबिकोको बिस्कुट तथा कुकिज पुग्ने गरेको थियो ।
आगलागीपछि पनि सबैतिर पुर्याउने प्रयास भइरहेको छ । तर पर्याप्त भने पुर्याउन नसकिएको कम्पनीको भनाइ छ ।
नयाँ उत्पादन बजारमा
उद्योगले नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको छ ।
‘मल्ट्रीग्रेन ट्रेकर्स् च्वाइस’ नामको यो बिस्कुटले केही दिनमा नै बजारमा बिक्री शुरू गर्नेछ ।
सय ग्राममा उपलब्ध हुने यस बिस्कुटको बजार मूल्य २५ रुपैयाँ कायम गरिएको छ ।
यस बिस्कुटमा जौ, तिल, बदाम, ओट्ससहितका पौष्टिक तत्व समावेश गरिएको उद्योगले जनाएको छ ।
उद्योगले चालू आर्थिक वर्षमा ४/५ वटा नयाँ प्रोडक्ट ल्याउने तयारी गरेको छ ।
आक्रामक बजार विस्तार योजना
उद्योग आगामी वैशाखदेखि आक्रामक रूपमा बजार विस्तार गर्ने योजना छ ।
नयाँ प्लान्टसँगै उच्चतम प्रविधि समेत प्रयोगमा आउने र त्यसले बजार विस्तारमा उल्लेखनीय सहयोग गर्ने उद्योगको अपेक्षा छ ।
कम्पनीका ब्राण्ड म्यानेजर पौडेलका अनुसार, नयाँ प्लान्ट सञ्चालनमा आएसँगै मासिक २० करोडसम्मको व्यापार गर्ने क्षमतामा उद्योग पुग्नेछ ।
हाल कम्पनीले मासिक करीब १२ करोडसम्मको व्यापार गरेको समेत उनले बताए ।
नयाँ प्लान्ट सञ्चालनमा आएपछि आगलागी पहिलेको क्षमतामा पनि ४० प्रतिशत क्षमता थपेर बजारमा उत्पादन गर्ने उद्योगको तयारी छ ।
‘हामी वैशाखपछि पहिलेको क्षमतामा ४० प्रतिशत थप गरेर अगाडि बढ्नेछौँ, जसले गर्दा बजारमा हाम्रो एग्रेसिभ्ली उपस्थिति हुनेछ,’ पौडेलले भने ।
५८ वर्ष लामो ‘लिगेसी’ बोकेर अगाडि बढिरहेको नेबिकोमा करीब ४ सय जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।
बुटवललाई औद्योगिक शहर भनिन्छ तर बुटवललाई औद्योगिक ‘हब’ बनाउने पात्रबारे खासै चर्चा/परिचर्चा हुँदैन । व्यापारको केन्द्र पुरानो बटौली, भट्टी पसलका रूपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ, त्...
१०० रुपैयाँमा पेटभरि खाना ! त्यो पनि एसी कोठामा बसेर । अचम्म लाग्न सक्छ । कसरी सम्भव छ ? तर कञ्चनपुरको महेन्द्रनगरका चक्र मिश्रले विगत ९ वर्षदेखि १०० रुपैयाँमै खाना खुवाउँदै आएका छन् । बिहान ४ बजे उठ्ने, नित्...
‘संघर्ष हो जीवन, जीवन संघर्ष हो’ भन्ने गीत सुनेका विराटनगरका टीकाराम पुरीलाई आफ्नै लागि रचिएको जस्तो लाग्थ्यो । कलेज जीवन शुरू भएपछि उनका पनि दुःखका दिन शुरू भएका थिए । चिन्ता, छटपटी र...
बाबुराजा श्रेष्ठ मेकानिकल इन्जिनीयर हुन् । २०४६ सालमै उनले जापानबाट मेकानिकल इन्जिनीयरिङको पढाइ सकेका थिए । त्यतिबेला मेकानिकल इन्जिनीयर थोरै थिए । उनको मूल घर काठमाडौं हो तर उनले काठमाडौंलाई कर्मथलो बन...
'मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,' तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् ...
२०७९ जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । नेपालको इतिहासमा हवाई सेवा शुरू भएको ७२ वर्षपछि बनेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) निर्माण ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...