
अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ ।
यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु रहेको कम्पनीले जनाएको छ ।
फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ ।
बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु.३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी १३ , २०२२ देखि फेब्रुअरी १५, २०२१ सम्म मान्य हुनेछ।
यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिङ र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा हामी धेरै उत्साहित छौं।”
त्यसैगरी, यति एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले भने, “हामी खल्तीसँग सहकार्य गर्न पाउँदा र प्रयोगकर्ताहरूलाई सहज फ्लाइट बुकिङको अनुभव प्रदान गर्न पाउँदा उत्साहित छौं।”