२३ असार २०८३, मंगलबार

आज सातौं राष्ट्रिय योग दिवस मनाइँदै

आज सातौं राष्ट्रिय योग दिवस मनाइँदै
प्रतिकात्मक तस्वीर

सरकारले आज शनिवार सातौं राष्ट्रिय योग दिवस मनाउँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शुक्रवार पत्रकार सम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको बताएको छ । 

विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले कोरोना भाइरसको कारणले यस वर्ष भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिए । उनले विभागकै हलमा २५ जनाको उपस्थितिमा ७ प्रदेशलाई भर्चुअलरूपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।

उनले दिवसकै अवसरमा आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई पनि योगाभ्यास गराउने बताए । विभागका निमित्त महानिर्देशक डा. यादवले योगले मानिसको सकारात्मक सोच विकास गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने बताए ।

पत्रकार सम्मेलनमा विभागका जडीबुटी, औषधि व्यवस्थापन तथा अनुसन्धान महाशाखा प्रमुख डा. सन्तोषकुमार ठाकुरले मानिसले शारीरिकभन्दा प्रविधिबाट धेरै काम गर्ने थालेकाले शारीरिक चलायमान गराउनका लागि योग अनिवार्य रहेको बताए । उनले योगले मानिसको शारीरिक र मानसिकरूपमा स्वस्थ्य राख्ने सहयोग गर्ने बताए । 

‘जीवनशैलीमा आएको परिवर्तनले योग अनिवार्य भइसकेको छ,’ उनले भने, ‘अहिले परिवार, समाज सबैमा योगको महत्व बढेर गएको छ । शरिर र मनलाई सन्तुलिन राख्ने काम योगले गरेको छ ।’

सरकारले २०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते योग दिवस मनाउन थालेको हो । यस वर्ष ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन थालिएको छ ।

विभागका जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयले बिहान ७ बजेदेखि हरेक जिल्लामा योग गराउँदै आइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्