जेठ १, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले २५६...
सरकारले आज शनिवार सातौं राष्ट्रिय योग दिवस मनाउँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शुक्रवार पत्रकार सम्मेलन गरी योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन थालेको बताएको छ ।
विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले कोरोना भाइरसको कारणले यस वर्ष भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिए । उनले विभागकै हलमा २५ जनाको उपस्थितिमा ७ प्रदेशलाई भर्चुअलरूपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताए ।
उनले दिवसकै अवसरमा आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई पनि योगाभ्यास गराउने बताए । विभागका निमित्त महानिर्देशक डा. यादवले योगले मानिसको सकारात्मक सोच विकास गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने बताए ।
पत्रकार सम्मेलनमा विभागका जडीबुटी, औषधि व्यवस्थापन तथा अनुसन्धान महाशाखा प्रमुख डा. सन्तोषकुमार ठाकुरले मानिसले शारीरिकभन्दा प्रविधिबाट धेरै काम गर्ने थालेकाले शारीरिक चलायमान गराउनका लागि योग अनिवार्य रहेको बताए । उनले योगले मानिसको शारीरिक र मानसिकरूपमा स्वस्थ्य राख्ने सहयोग गर्ने बताए ।
‘जीवनशैलीमा आएको परिवर्तनले योग अनिवार्य भइसकेको छ,’ उनले भने, ‘अहिले परिवार, समाज सबैमा योगको महत्व बढेर गएको छ । शरिर र मनलाई सन्तुलिन राख्ने काम योगले गरेको छ ।’
सरकारले २०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते योग दिवस मनाउन थालेको हो । यस वर्ष ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन थालिएको छ ।
विभागका जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयले बिहान ७ बजेदेखि हरेक जिल्लामा योग गराउँदै आइरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले २५६...
हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर प...
शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ । इन्द्रको सभामा थुप्रै अप्सरा हुने गर्थे । यी ५...
प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उहाँका सन्तति भगीरथले...
नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...