
पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उडेको देखेका इलाम रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार स्याङ्बोले आफ्नै गाउँमा पहिलोपटक सोको मज्जा लिएका छन् । इलामको रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट आज उनी आफैँले प्याराग्लाइडिङको मज्जासहित परीक्षण उडान सुरु गरेका हुन्।
पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उनले आफ्नै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक झण्डीडाँडाबाट झापा मेचीनगर नगरपालिका–१ तिरिङसम्मको प्याराग्लाइडिङको परीक्षण उडान गराएका हुन् ।
उनले भने “पहिलोपटक प्राविधिक हिसाबले उपयुक्त छ कि छैन भनेर परीक्षण उडान ग¥यौँ सफल भयौँ, अब एक महिनाभित्रैमा व्यावसायिकरूपमा काम गर्छौँ ।” उनले यस क्षेत्रका व्यवसायीलाई समेत तयार रहन आग्रह गरे।
उनले प्याराग्लाइडिङबाट झापाका विभिन्न स्थान, भारतको मिरिक, खर्साङ, दार्जिलिङलगायतका स्थान देखिएको बताए ।
मेची राजमार्गको हाँसपोखरीबाट कर्साङ पदमार्ग हुँदै झण्डीडाँडा थाकेर पुगेका पर्यटकका लागि आकाशमा डुल्दै पर्यटकीय स्थानको दृश्यावलोकनले थकान मेट्न प्याराग्लाइडिङ सहयोगी हुने उनको भनाइ छ ।