०६ साउन २०८३, बुधबार

यसरी बनाउनुस् गाजर र बेसारको सुप

माघ २, २०७८
यसरी बनाउनुस् गाजर र बेसारको सुप

जाडोमा गाजर खान मज्जा आउँछ । मानिसहरू गाजरको तरकारी, अचार, हलुवा र सुप बनाएर पिउँछन् । 

यो स्वादिलो पनि हुन्छ अनि यसले इम्युनिटी पावर पनि बढाउँछ । यसले भाइरल इन्फेक्सनबाट समेत बचाउँछ । 

सामग्री

गाजर आवश्यकताअनुसार

हरियो प्याज दुईवटा (काटेको)

बेसार आधा चम्चा

मरिचको धूलो अलिकति

लसुन ५ पोटी

पानी आवश्यकताअनुसार

अदुवा सानो टुक्रा

विधि

पहिला प्यानमा पानी, गाजर, लसुन, अदुवा र हरियो प्याज राखेर उमाल्नुस् । 

उम्लेका कुरालाई मिक्सीमा पिस्नुस् । 

तयार भएको मिश्रणमा आवश्यकताअनुसार नून र पानी राखेर पातलो बनाउँदै पकाइरहनुस् । 

एकपल्ट भुक्लुक्क उम्लेपछि मरिच र बेसार राखेर बिर्को लगाएर पकाउनुस् । 

गाजर र बेसारको सुप तयार भयो । 

यसलाई हरियो प्याज र मलाईले सजाएर पस्किनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्