×

NMB BANK
NIC ASIA

कोरोनाको तेस्रो लहर

सिंहदरबारमै 'अड्डा' जमाउँदै कोरोना: प्रधानमन्त्री कार्यालयमा ४० जना संक्रमित, कुनै मन्त्रालय अछुतो रहेन

माघ ४, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ३ जना सचिवसहित ४० जना कर्मचारीहरू कोरोना संक्रमित भएका छन् ।

Muktinath Bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थका अनुसार मन्त्रालयको प्रशासन महाशाखाले सबै कर्मचारीलाई व्यक्तिगत फोन सम्पर्क गरेर बुझ्दा आइतवारसम्म ४० जना कर्मचारीमा संक्रमण पुष्टि भइसकेको थियो । जसमध्ये ३ जना सचिव तथा अन्य सह-सचिव, उप-सचिव, शाखा अधिकृतदेखि सवारी चालक, कार्यालय सहयोगीसम्म रहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संक्रमित भएका कर्मचारीको सम्पर्कमा आउनुभएकाहरूको पनि कन्ट्याक्ट ट्रेसिङको काम सकिएको छ,’ पन्तले लोकान्तरसँग भने, ‘संक्रमित भएकाहरू मन्त्रालय आउनुभएको छैन, सबैजना आ-आफ्नो घरमै आइसोलेसनमा बसेर उपचाररत हुनुहुन्छ ।’


Advertisment
Nabil box
Kumari

एकसाथ ४० जना कर्मचारी संक्रमित भएपनि नियमित कामकाज भने चलिरहेको उनले बताए।

Vianet communication

‘एउटै शाखाका सबै कर्मचारीमा संक्रमण भएको भए काम नै ठप्प हुन सक्थ्यो होला,’ पन्तले लोकान्तरसँग भने, ‘अनुपस्थित भएका कर्मचारीको काम अन्य शाखाले हेर्नेगरी मन्त्रालयको काम सञ्चालन गरेका छौं ।’ संक्रमित भएका कर्मचारीले हेरिरहेका काम वल्लोपल्लो शाखा, नजिकको शाखा आदिले मिलाएर हेरिरहेको उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि कोरोना संक्रमित भएका छन् । सोमबार आलेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त मन्त्रालयका सहप्रवक्ता टेकनारायण पौडेल मन्त्री आले कोरोना संक्रमित भएको विषय समाचारबाट मात्र थाहा पाएको बताउँछन् । ‘उहाँ (मन्त्रीज्यू) संक्रमित हुनुभएको कुरा मैले पनि सञ्चारमाध्यमबाट थाहा पाएको हुँ,’ उनले भने, ‘यसअघि मन्त्रालयका एक अधिकृत र एकजना नायब सुब्बा गरी दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।’

संक्रमित दुई कर्मचारी र उनीहरूको सामीप्यमा रहेका ४ जना समेत आइसोलेसनमा बसेको उनले बताए । मन्त्रालयको कामकाज नियमित झैँ सञ्चालन भइरहेको उनको भनाइ छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरी पनि कोरोना संक्रमित भएपछि आइसोलेसनमा छन् । मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालका अनुसार गत शनिबार मन्त्री चौधरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

‘कोरोना संक्रमित भएपछि मन्त्रीज्यू मन्त्रालय आउनुभएको छैन, आइसोलेसनमा हुनुहुन्छ,’ उनले लोकान्तरसँग भने, ‘मन्त्रालयका केही कर्मचारीहरू बिरामी छु भनेर आउनुभएको छैन, एकदुई दिनमा जाँच गराउँछु भनेर भन्नु भएकाले ठ्याक्कै यति संख्यामा कर्मचारीहरू संक्रमित हुनुहुन्छ भनेर भन्न सकिने अवस्था छैन।’

मन्त्रालयको काममा भने ठूलो असर नपरेको उनले बताए।   

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल पनि कोरोना संक्रमित भएका छन्। उक्त मन्त्रालयका प्रवक्ता दीपक शर्मा आफैं पनि संक्रमित भएर आइसोलेसनमा छन् ।

‘म आफैं पनि संक्रमित भएर आइसोलेसनमा छु । अर्को एक सह-सचिव पनि संक्रमित भएर आइसोलेसनमा हुनुहुन्छ,’ प्रवक्ता शर्माले भने, ‘मन्त्रालयको प्रशासन महाशाखाले संक्रमित भएका शाखाको काम अन्य शाखाले पनि हेर्ने गरी व्यवस्था मिलाएको छ ।’

अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्कर कोरोना संक्रमणबाट निको भएपछि सोमवार मन्त्रालयमा उपस्थित भएका छन्।

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राजश्व सचिव पुष्कर कोरोना संक्रमित भएको एक सातापछि रिपोर्ट नेगेटिभ आएकाले सोमवार मन्त्रालयमा आएका हुन् ।

‘उहाँ एक साताअघि संक्रमित हुनुभएको थियो तर छिट्टै नेगेटिभ आएपछि सोमवार मन्त्रालय फर्किनुभएको छ,’ शाक्यले थपे, ‘यसपटकको संक्रमणमा छिट्टै निको हुने देखिएको छ, त्यस कारण मन्त्रालयका केही कर्मचारीहरू संक्रमित भए पनि निको भई मन्त्रालयको काममा फर्किनुभएको छ ।’ मन्त्रालयका थप केही कर्मचारीहरू संक्रमित भएर आइसोलेसनमा बसेको भए पनि मन्त्रालयको काममा कुनै असर नपरेको उनले बताए ।

फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि कोरोना संक्रमित भएर निको भई मन्त्रालयमा फर्किनेहरूको संख्या बढ्दो छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी कोरोना संक्रमित हुँदै निको भएर काममा फर्किने संख्या बढेको बताउँछन्।

‘सबैभन्दा बढी जोखिम लिएर काम गर्ने मेरै शाखा हेल्थ इमरजेन्सी अपरेसन सेन्टर हो । यस शाखामा तीनजना संक्रमित हुनुभएकोमा दुईजना निको भएर काममा फर्किसक्नुभएको छ,’ अधिकारीले भने, ‘आइसोलेसनमा रहनुभएका १ जना मात्र हुनुहुन्छ, तर उहाँले पनि आइसोलेसनबाट नै मन्त्रालयको कामकाज गरिरहनुभएको छ । निको भएर आउनुभएका दुईजना कर्मचारी पनि मन्त्रालयमा अन्य कर्मचारीसँग भेट नहुने गरी काम गरिरहनुभएको छ।’ मन्त्रालयको उच्च तहका कर्मचारीमा भने अहिलेसम्म कोरोना संक्रमण नदेखिएको उनले बताए।

कोरोना संक्रमणको दर बढ्दै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भीडभाड हुने काम निषेध गरिएको छ । मन्त्रालयका प्रवक्ता डन्डुराज घिमरेका अनुसार मन्त्रालयका केही कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिएपछि सोमवारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरियो ।

‘एकजना सहसचिव राजीव पोखरेल, एकजना शाखा अधिकृत दिलिप खड्का र एकजना सहायक स्तरका कर्मचारीलाई ज्वरो आएको छ, उहाँहरूले परीक्षण गराइसक्नुभएको छैन,’ घिमिरेले भने, ‘उहाँहरू घरमै आइसोलेसनमा बस्नुभएको छ ।’    

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने १० जना कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार शाखा अधिकृत, नायब सुब्बा, खरिदार, कार्यालय सहयोगी, सवारी चालकलगायतका कर्मचारीहरूमा संक्रमण देखिएको छ ।

‘अहिले निर्वाचन आचारसंहिता लागू भएका कारण हाम्रो मन्त्रालयमा सरुवाको काम रोकिएको छ,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने, ‘तर अब आलोपालो काम गर्ने, पब्लिक बस चढेर आउनुहुने कर्मचारीलाई रोक्नेदेखि निजामती बस पनि नचलाउने भन्ने विकल्पमा छलफल गरिरहेका छौं, निर्णय नै भने भइसकेको छैन ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री ज्ञानेद्रबहादुर कार्कीका सवारी चालकसहित ५ जना कर्मचारीहरू संक्रमित भएका छन् ।

उक्त मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार एक शाखाका २ जना कर्मचारीसहित अहिलेसम्म ५ जना कर्मचारीहरू संक्रमित भएका छन्।

‘कन्ट्याक्ट ट्रेसिङको काम जारी छ र संक्रमितको सम्पर्कमा आउनुभएकाहरूको पनि स्वाब टेस्टको काम भइरहेको छ,’ सिंहले भने, ‘मन्त्रीज्यूको सवारी चालकमा पनि संक्रमण देखिएपछि मन्त्रीज्यूको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएकाले उहाँ भने मन्त्रालयमा नियमित कामका लागि आइरहनुभएको छ । मन्त्रालयको काममा कुनै प्रभाव परेको छैन। ’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका दुईजना कर्मचारीमा मात्र संक्रमण देखा परेको छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार हालसम्म मन्त्रालयका दुई कर्मचारीमा मात्र कोरोना संक्रमण देखिए पनि कर्मचारीहरूको स्वाब परीक्षणको काम जारी नै रहेकाले अहिले यकिन संख्या आइसकेको छैन ।

‘हाम्रो मन्त्रालयको कामकाज जारी नै छ, कुनै पनि काम रोकिएको छैन,’ जोशीले लोकान्तरसँग भने, ‘तर हाम्रो मन्त्रालयमातहत रहेका केही जिल्लाका जिल्ला स्थित नापी कार्यालय र मालपोत कार्यालयमा धेरैजसो कर्मचारी संक्रमित भएका कारण कार्यालय नै बन्द गरिएको छ ।’ नापी कार्यालय कावासोती, मालपोत कार्यालय विराटनगरमा पूरै सेवा बन्द भएको उनले बताए।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पनि एक उपसचिव र दुई शाखा अधिकृत संक्रमित भएका छन्। मन्त्रालयका प्रवक्ता फणीन्द्र गौतम भने कार्यालयको काम नै ह्याम्पर हुने गरी कर्मचारीहरूमा संक्रमण फैलिनसकिएको बताउँछन् ।   

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १ जना सहसचिव सहित ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव कृष्ण धितालका अनुसार १ जना सहसचिव, १ जना उपसचिव, १ जना अधिकृत र ४ जना सहायक स्तरका कर्मचारीहरू संक्रमित भएका छन् ।

‘मन्त्रालयका तर्फबाट हामीले कुनै पनि कर्मचारीलाई अहिलेसम्म कोरोना संक्रमणको परीक्षण गराएका छैनौं,’ धितालले लोकान्तरसँग भने, ‘उहाँहरू बिरामी भएर परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि मन्त्रालय नआउनुभएको हो।’

अहिलेसम्म मन्त्रालयको कामकाजमा प्रभाव नपरेको उनले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि १ जना सहसचिवमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुख तुलसी गौतमका अनुसार अहिलेसम्म १ जना सहसचिवमा कोरोना संक्रमण पुष्टि भएको हो।

‘केही साथीहरू बिरामी भएर मन्त्रालय आइरहनुभएको छैन तर उहाँहरूले अहिलेसम्म कोरोनाको परीक्षण भने गराई नसक्नुभएकाले यति नै संख्यामा भयो भनेर भन्न सकिने अवस्था छैन,’ उनले भने । मन्त्रालयको काम प्रभावित नभएको उनले बताए ।

शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माका अनुसार मन्त्रालयका दुईजना कर्मचारीहरूमा कोरोना संक्रमण देखिए पनि कामकाजमा कुनै प्रभाव परेको छैन । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार अहिलेसम्म सहायक स्तरका ४/५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

‘अहिलेसम्म मन्त्रालयका कतिजना कर्मचारीमा संक्रमण पुष्टि भएको छ त्यसको यकिन तथ्यांक आइसकेको छैन,’ उनले थपे, ‘प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल लगायतमा गएर मन्त्रालयका कर्मचारीहरूले परीक्षण गराइरहनु भएको छ । जाँचको रिपोर्ट आएपछि मात्र यकिन संख्या आउनेछ ।’ मन्त्रालयको कामकाजमा भने कुनै प्रभाव नपरेको उनले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी भने उक्त मन्त्रालयमा कतिजना कर्मचारीहरू संक्रमित भएको भन्ने कुरा आफूलाई थाहा नभएको बताउँछन् । ‘कति जना संक्रमित हुनुहुन्छ भन्ने कुरा मलाई थाहा छैन, त्यसैले यस विषयमा केही भन्न सक्दिनँ,’ रेग्मीले भने ।

प्राय:जसो मन्त्रालयमा कोरोना संक्रमण पुगिसकेको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ ।

संक्रमित कर्मचारीहरू घरमै आइसोलेसनमा छन् । संक्रमणमुक्त भएकाहरू नियमित काममा फर्किने क्रम पनि शुरू भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x