×

NMB BANK
NIC ASIA

‘मधेश’ प्रदेशमा ४ वर्षपछि बल्ल उपलब्धि, जसपा र लोसपालाई चुनावी ब्रह्मास्त्र !

माघ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश सभाको कार्यकाल ४ वर्ष सकिएपछि बल्ल प्रदेशले नाम र स्थायी राजधानी पाएको छ ।
 
प्रदेशसभा गठनको ४ वर्षपछि २ नम्बर प्रदेशले आफ्नो नाम ‘मधेश प्रदेश’ राख्न सफल भएको छ । प्रदेश सभाको सोमवार बसेको बैठकमा मधेश प्रदेशको प्रस्ताव दुईतिहाइ मतले स्वीकृत भएको छ ।

Muktinath Bank

प्रदेश सभामा भएको मतदानपछि मतपरिणाम सुनाउँदै सभामुख सरोजकुमार यादवले मधेश प्रदेशको पक्षमा ८० सांसदले मतदान गरेको घोषणा गरे । कूल १०४ सांसद रहेकोमा उपस्थित भएका ९९ सांसदमध्ये ८० सांसदले मधेश प्रदेशको पक्षमा मतदान गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि स्थायी राजधानीका लागि ‘जनकपुरधाम’को प्रस्तावमा पनि ९९ जना सांसदमध्ये ७८ जनाले पक्षमा मतदान गरेर दुईतिहाइ मतले स्वीकृत भएको थियो । नाम र राजधानीको प्रस्ताव पारित भएपछि लोकान्तरलाई प्रतिक्रिया दिँदै सभामुख यादवले भने, ‘यो समग्र प्रदेशवासीकै लागि खुशीको कुरा हो तर म आफैं असाध्यै खुशी भएको छु, किनभने मैले आफ्नो अध्यक्षतामा बसेको प्रदेश सभाको बैठकबाट नाम र राजधानी टुंगो लागेको घोषणा गर्न पाएँ ।’


Advertisment
Nabil box
Kumari

दलीय प्रस्ताव र गणितको आधारमा राजधानीमा बहुमत जुट्न कुनै गाह्रो थिएन तर नामको सवालमा दलहरूको फरक–फरक प्रस्ताव र अडान भएका कारण सहमति जुटाउन निकै सकस भएको उनले बताए । ‘तर मैले सबै दलहरूका सांसदसँग छलफल गरेर भित्री सहमति जुटाउन सफल भएँ, त्यसकारण म नाममा पनि दुईतिहाइ बहुमत जुट्नेमा विश्वस्त नै थिएँ,’ सभामुख यादवले लोकान्तरसँग भने, ‘सबै माननीयज्यूहरू स्वतन्त्र हुनुहुन्छ, उहाँहरूले गोप्य मतदान गरेर दलीय प्रस्तावभन्दा पनि माथि उठेर मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामको प्रस्तावमा मतदान गर्नुभयो ।’
 
यसअघि पनि नाम र राजधानीका लागि प्रदेश सभामा मतदान हुँदा प्रस्तुत भएका सबै प्रस्तावहरू असफल भएका थिए । राजपा र सपाको एकै प्रस्ताव हुँदा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको फरक–फरक प्रस्ताव पेश गरेका थिए । सबै दल आफ्नो अडानमा कायम रहँदा कुनै पनि प्रस्ताव पारित हुन सकिरहेको थिएन ।

Vianet communication
Laxmi Bank

बहुमतको सरकार भए पनि दुईतिहाइ मत नहुँदा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार असफल हुँदै आएको थियो । नाममा ‘मधेश’ बाहेक ‘मध्य मधेश’, ‘मिथिला–भोजपुरा’, ‘जानकी’ प्रस्ताव गरिएको थियो भने राजधानीमा जनकपुर, वीरगञ्ज, बारा, पर्सा र रौतहटका भूभाग सहितको प्रस्ताव हुँदा अन्ततः मधेश प्रदेश र राजधानी जनकपुरधाम टुंगो लगाएको छ ।
 
प्रदेश सरकार र प्रदेश सभाको उपलब्धिसँग पनि जोडिएको नामकरणको विषय प्रदेशसभा सँगसँगै लालबाबु राउत नेतृत्वको सरकारको प्रतिष्ठाको विषय समेत बनेको थियो । 

अन्य प्रदेशले आफ्नो नाम र राजधानी तय गर्दा पनि ‘२ नम्बरी’ प्रदेशको दाग मेटाउन प्रदेश सभालाई सकस परेको थियो । सत्ताको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममा पनि धेरैपटक ‘२ नम्बरी प्रदेश’को दाग मेटाउन प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न नसक्दा हीनताबोध गर्नुपरेको थियो ।

संघीयता ल्याएको जस लिने जसपाका अध्यक्ष यादवलाई आफ्नै पार्टीको सरकार रहेको प्रदेशको एउटा नाम समेत तय गर्न नसक्ने र स्थायी राजधानी समेत तोक्न नसकेको भन्दै अन्य राजनीतिक दलहरूले पनि आलोचना गर्ने गर्थे ।  
राउत नेतृत्वको सरकारले सञ्चालन गरेको प्रदेशका सबैजसो मन्त्रालयमा भ्रष्टाचार नै भ्रष्टाचार भएको तथ्य जहिले पनि सञ्चारमाध्यममा सार्वजनिक हुने गरेको थियो । सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा केही महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कागजातसहित फाइल नियन्त्रणमा लिएको थियो ।

मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत साइकल खरिद प्रक्रियामा अनियमियतता भएको भन्दै उजुरी परेपछि अख्तियारले छापामारी मारेको थियो । प्रारम्भिक अनुसन्धानबाट अनियमितता भएको निष्कर्षपछि विस्तृत अनुसन्धान गरिरहेको अख्तियारले हालसम्म अनुसन्धान टुंग्याएको छैन । 

केही राम्रा कामहरू गरिरहेको भए पनि धेरैजसो भ्रष्टाचार, अनियमितता तथा विवादमा मुछिँदै आएको प्रदेश सरकारलाई बल्ल आएर प्रदेशको नाम र राजधानी टुंगो लगाउन पाउँदा लामो राहत मिलेको हुनसक्छ ।  

प्रदेशको नाम र राजधानी समेत टुंगो नलगाएर सन्निकट निर्वाचनमा जाँदा जसपा र लोसपा मात्र होइन अन्य राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी समेतलाई मतदातासामु निरीह हुनुपर्ने अवस्था आउने थियो । जसपा र लोसपाले आफ्नो पूर्ववत अडान ‘मधेश’ प्रदेशमा दुईतिहाइ जुटाउन सफल भएपछि अबको चुनावमा समेत त्यसलाई ठूलो उपलब्धिको रूपमा प्रचारप्रसार गर्न पाउने ‘ब्रह्मास्त्र’ पाएको छ ।

प्रदेशको नामकरण र राजधानी तोकिएकोमा प्रदेश सरकारले भोलि मंगलवार सार्वजनिक बिदा गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र शाहले सामाजिक सञ्जाल फेसबूकमार्फत जनाएका छन् । प्रदेशको नाम ‘मधेश’ प्रदेश भएको उपलब्धिलाई प्रदेश सरकारले ठूलो महत्त्व दिँदै सार्वजनिक बिदा नै दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x