
भारतकी सर्वाधिक सफल गायिका लता मंगेशकरको ९२ वर्ष उमेरमा निधन भएको छ ।
लताले विवाह गरेकी थिइनन् । उनको प्रेम सम्बन्ध डुंगरपुरका राजा राज सिंहसँग थियो ।
तर प्रेम विवाहमा परिणत हुन सकेन ।
ती महाराज लताका भाइ हृदयनाथ मंगेशकरका साथी थिए । राज सिंहले राजपरिवारबाहिरको युवतीसँग विवाह नगर्ने भनी आफ्ना मातापितासँग वाचा गरेका थिए । आजीवन उनले त्यो वाचा निभाएकाले लतालाई विवाह गरेर भित्र्याउन पाएनन् । उनले पनि जिन्दगीभरि विवाह गरेनन् ।
अनि लताले घर सम्हाल्ने जिम्मेवारी लिएकाले पनि विवाह गर्न पाइनन् ।
राज लताभन्दा ६ वर्ष जेठा थिए । प्रेमपूर्वक उनी लतालाई मिट्ठु भनी बोलाउँथे । उनको खल्तीमा जहिले पनि एउटा टेप रेकर्डर हुन्थ्यो । त्यसमा लताले गाएका गीतहरू हुन्थे ।