२३ असार २०८३, मंगलबार

सांगीतिक क्षेत्रमा रुक्सना लिम्बुको ‘डेब्यु’, प्रमोद खरेलको साथ [भिडियो]

सांगीतिक क्षेत्रमा रुक्सना लिम्बुको ‘डेब्यु’, प्रमोद खरेलको साथ [भिडियो]

गायक प्रमोद खरेलले नयाँ गीत ‘नोगेन’ सार्वजनिक गरेका छन् ।

भ्वाइस अफ किडको पहिलो सिजनबाट उदाएकी बाल गायिका रुक्सना लिम्बुको साथमा गायक खरेलले नयाँ गीत ल्याएका हुन् ।

नोगेन बोलको गीतमा गायक खरेल र बालगायिका लिम्बुको सुमधुर स्वर रहेको छ ।

गीत बालगायिका लिम्बुको पहिलो गीत समेत हो । 

चर्चित संगीतकार तथा गीतकार महेश खड्काको शब्द तथा संगीतमा सजिएको सो गीतको भिडियोमा गायक खरेल र बालगायिका लिम्बुले नै ‘फिचरिङ’ गरेका छन् । 

गीतमा बालगायिका लिम्बुले आफ्नो भविष्यबारे चिन्तन गरेको र गायक खरेलले लिम्बुलाई सम्झाइबुझाई गरेको तथा अगाडि बढ्न प्रेरणा दिएको देखाइएको छ । 

आइतवार प्रमोद खरेलको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक सो गीत समाचार तयार पार्दासम्म ३ लाख ८८ हजारभन्दा बढी पटक हेरिएको छ । 

गीतमा प्रायः दर्शकले बालगायिका लिम्बुको स्वरको तारिफ गरेका छन् । 

गीतको भिडियो युट्युबको ट्रेन्डिङमा परिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्