![राजु परियारको 'काफल चरी' [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/kafal_chari_jUozAaV2fu.jpg)
गायक राजु परियारको पछिल्लो गीत 'काफल चरी' सार्वजनिक भएको छ । गीतमा राजु परियार र मेलिना राईको स्वर रहेको छ ।
प्रकाश सापकोटाको लय तथा शब्द रहेको गीतमा बीबी अनुरागीको संगीत संयोजन तथा श्यामश्वेत रसाइलीको मिक्सङ छ ।
गीतको भिडियो महेन्द्र निरौलाको निर्देशनमा तयार भएको हो । जसमा सीमा ढकाल र विजय गिरीको अभिनय छ ।
देवेन्द्र कुँवरको कोरियोग्राफी रहेको गीतमा प्रकाश खड्काको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ ।
गीत टुलमुन म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ । गीतमा दुई जोडीको मायाप्रेमको कथालाई दोहोरी गीतमा समावेश गरिएको गीतकार प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
टुलमुन म्युजिकले यसअघि पनि प्रमोद खरेल, कृष्ण काफ्ले र शीतल मोक्तानको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिसकेको छ ।