×

NMB BANK
NIC ASIA

नेपाल यातायातकी महिला चालक

काठमाडौंमा बस हुइँक्याउने चश्मावाली ड्राइभर दिदीको कथा [भिडियोसहित]

माघ २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

केही दिनअघि राजधानीको कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा महिला चालकले नेपाल यातायातको बस कुदाइरहेको दृश्यले मेरो ध्यान खिच्यो ।

Muktinath Bank

चश्मा लगाएकी ती महिला स्टेरिङ घुमाउँदै निर्धक्कसँग बस कुदाइरहेकी थिइन् । उनलाई भेटेर केही जिज्ञासा राख्ने उत्सुकता जाग्यो। सो बसलाई पछ्याउँदै अनामनगर, बानेश्वर, कोटेश्वर हुँदै बालकुमारीसम्म पुगें ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बस आफ्नो गन्तव्य बालकुमारी पुगेर केहीबेर रोकियो, तब छोटो कुराकानी गर्ने अवसर जुर्‍यो ।


Advertisment
Nabil box
Kumari

नाम छविता आले मगर । घर सुर्खेत । ड्राइभिङ अनुभव १० वर्ष ।सुर्खेतबाट काठमाडौं छिरेकी छविता घरकी जेठी छोरी हुन् । १३ वर्षको हुँदा बुवाको निधन भयो ।

Vianet communication
Laxmi Bank

'अल्सर भएका बुवा उपचारको अभावमा बित्नुभयो,' उनले त्यो दु:खको क्षण सम्झिइन् ।

बुवाको निधनको शोकबाट उत्रिन नपाउँदै (एक वर्षपछि) उनको विवाह भयो ।

१७ वर्षको उमेरमा त आमा बनिसकेकी थिइन् ।

'मैले १७ वर्षको कलिलो उमेरमै छोरा अनि लगत्तै त्यसको ३ वर्षपछि छोरी जन्माएँ, उनले भनिन् ।

अहिले छोरा २० वर्ष र छोरी १७ वर्षका भएका छन् ।

कोरिया जाने सपना अनि ड्राइभरको पेशा

परिवारिक दायित्व र रोजगारीको चहानाले उनले लाइट सवारी साधनको लाइसेन्स लिइन् ।

सानो भ्यान चलाउने गरी सुर्खेतमै शुरू भयो ड्राइभिङ यात्रा । यसरी नै दुईचार वर्ष बित्यो ।

त्यसपछि कोरिया जाने धुनमा ड्रइभिङ छाडेर काठमाडौं आइन् ।

भाषा परीक्षा पढ्न थालिन्, अनि हेभी सवारीको लाइसेन्स पनि निकालिन् ।

भाषा परीक्षामा सोचेजस्तो नतिजा आएन । कोरिया सपना टुट्यो ।

'केही दिन त निकै तनाव भयो,' छविताले भनिन्, 'त्यसपछि फेरि ट्याक्सी, ट्याम्पो हुँदै पुरानै पेशालाई निरन्तरता दिएँ ।'

उनी काठमाडौं आएकै ६ वर्ष बितेको छ ।

यसबीचमा मयूर यातायात, महानगर यातायात र कीर्तिपुर बस सेवाको बस समेत उनले चलाइसकेकी छन् ।

अहिले उनी गोपीकृष्ण–बालुवाटार–पुतलीसडक–अनामनगर हुँदै बालकुमारी रुटमा नेपाल यातायात चलाउँछिन् ।

उनले बस चलाएको देख्दा कतिपयले आश्चर्य मान्छन्, भने कतिपयले हौसला दिन्छन् ।

छविताले नै चलाएको बसमा यात्रा गरेका एक यात्रुले उनको कामको प्रशंसा गरे ।

'महिला भएर यत्रो आँट गरेर बस चलाउनुभएको छ, गर्न चाहे महिलाले जे पनि गर्न सक्छन् भन्ने उदाहरण हो यो,' ती पुरुष यात्रुले भने, 'महिला भएर श्रीमानकै अर्डरमा बस्नुपर्छ भन्ने छैन, स्वतन्त्ररूपले काम गर्न सक्छन् । यति भए बेरोजगार पनि बस्नुपरेन ।'

भाइको निधन र आमालाई मन नपर्ने पेशा

छविताका भाइ पनि थिए, तीन दिदीबहिनीका सबैभन्दा कान्छा र एकमात्र भाइ ।

उनी दैलेख, सुर्खेतलगायतका जिल्लामा ट्रक चलाउँथे ।

२०७२ सालमा भूकम्पभन्दा २ दिनअगाडि दुर्घटनामा परी भाइको मृत्यु भयो ।

त्यसयता आमालाई यो पेशा पटक्कै मन नपर्ने रहेछ ।

'भाइको निधन भएपछि आमालाई यो पेशा पटक्कै मन पर्दैन,' उनले भनिन्, 'जुन दिन मर्न लेखेको हुन्छ, त्यही दिन मर्ने हो, पीर नमान्नुस्, भनेर सम्झाउने गरेको छु ।'

उनलाई पनि भाइको याद त खुबै आउँछ ।

'भदाको अनुहार हेरेर चित्त बुझाउँछु । तिहारमा पनि भदालाई नै टीका लगाउने गरेकी छु,' उनले भनिन् ।

अबको इच्छा काठमाडौंदिल्ली बस चलाउने

छविताको ध्यान अब लामो दूरीको बस चलाउनेतर्फ छ ।

कोरोनाका कारण काठमाडौं–दिल्ली बस चलाउने योजना तुहिएको सुनाउँदै उनले अब फेरि सेवा सञ्चालनमा आएमा प्रयास गर्ने बताइन् ।

'एकपटक चिनेको दाइमार्फत कुरा भएर काठमाडौं-दिल्ली बस चलाउने पक्कापक्की भइसकेको थियो, तर कोरोनाका कारण बस सेवा नै बन्द भयो,' उनले भनिन्, 'उक्त बस चलाउने हुटहुटी अझै टरेको छैन । सेवा सञ्चालनमा आयो भने पुन: प्रयास गर्छु ।'

यसबीचमा उनले साझा बस चलाउने प्रयास पनि गरेकी रहिछन्, तर हेभी लाइसेन्स लिएको ५ वर्ष नपुगेको कारण देखाएर अस्वीकार गरिएछ ।

'मलाई ट्रेनिङमा पठाइयो, दुई-चारपटक बस पनि चलाएँ, तर अन्तिममा हेभी लाइसेन्स बनाएको ५ वर्ष नपुगेको भनेर फालिदिए,' छविताले भनिन्, 'त्यसो हो भने त मैले डकुमेन्ट बुझाउँदा नै अस्वीकार गर्नुपर्ने नि, ट्रेनिङमा किन पठाएको ?'

हिम्मत गर्न अन्य महिला चालकलाई अपिल

उनी अन्य महिला चालकलाई हेभी सवारी चलाउने आँट गर्न सुझाव दिन्छिन् ।

'हाम्रा महिला चालकहरू लाइट सवारी साधन मात्र चलाउन खोज्नुहुन्छ, हेभी सवारी चलाउन आँट नै गर्नुहुन्न । महिला चालक मित्रहरूलाई भन्छु, हिम्मत गर्नुस्, आउनुस् हेभी चलाउनुस् ।'

उनले थपिन्, 'महिला भनेर कमजोर सम्झिने होइन, महिलाले प्लेन उडाइसके, यो त बस न हो ।'

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x