
नुवाकोटमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
सूर्यगढी गाउँपालिका ५ फेदबेसी बस्ने ५५ वर्षीय हिराबहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा हिराबहादुरसहित ६ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय ६५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।