११ साउन २०८३, सोमबार
फोटो फिचर

काठमाडौंमा कस्तो छ बन्दको प्रभाव ? [हेर्नुहोस् तस्वीरहरू]

फागुन ४, २०७८
काठमाडौंमा कस्तो छ बन्दको प्रभाव ? [हेर्नुहोस् तस्वीरहरू]

एमसीसीको विरोधमा बुधवार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको घोषणा गरेका छन् । 

संसदमा एमसीसी टेबुल गराउने तयारी भएसँगै उनीहरूले बुधवार नेपाल बन्दको घोषणा गरेका हुन् । 

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका हुन् ।

बन्दको प्रभाव भने सामान्य छ । सार्वजनिक यातायात केही पातलो चलेका छन् ।

काठमाडौंको चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । 

काठमाडौंबाट बाहिरिने सवारी साधनहरू पनि विस्तारै बाहिरिने क्रममा छन् । 

बन्दकर्ताहरूलाई नेपाल प्रहरीले ठाउँठाउँबाट पक्राउ गरिरहेको छ ।

हालसम्म २ दर्जन बन्दकर्ता काठमाडौंका मुख्य चोकहरूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्