०९ साउन २०८३, शनिबार

एमसीसी र गठबन्धन फरक विषय हुन्- कांग्रेस प्रवक्ता महत

फागुन ६, २०७८
एमसीसी र गठबन्धन फरक विषय हुन्- कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठबन्धन फरक विषय भएको बताएका छन् । 

प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'कांग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।'

उनले सत्ता गठबन्धन र एमसीसी फरक विषय भएकाले एमसीसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए । 

एमसीसीमा कुनै देशद्रोह नभएको उनको दाबी छ । 'नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देशद्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिचकिचाहट भएको छ ?' 

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसद्को अधिकार भएको बताए । 

'संसद्मा एमसीसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्‍यो,' उनले भने । -रासस

salt training

कमेन्ट गर्नुहोस्