×

NMB BANK
NIC ASIA

इन्धनको मूल्य घटाउँदा पनि आयल निगमलाई दैनिक ३ करोड नाफा

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, १९ असार– नेपाल आयल निगमले सोमवारदेखि सबै प्रकारका इन्धनको मूल्य घटाए पनि आफ्नो उच्च नाफालाई कायमै राखेको छ ।

निगमले सोमवारदेखि खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टीतेल प्रत्येकमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएको छ । हवाइ इन्धनमा पनि प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ ।

तर, घटाइएको मूल्यसूची अनुसार पनि निगमले हरेक १५ दिनमा ४४ करोड रुपैयाँ नाफा कमाउने छ । जसअनुसार निगमले हरेक दिन २ करोड ९३ लाख रुपैयाँ बढी नाफा हुने देखिन्छ ।

केमा कति नाफा ?

निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार, सोमवार समायोजन गरिएको नयाँ मूल्यसूची अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ३० पैसा, डिजेलमा १ रुपैयाँ ५० पैसा, हवाइ इन्धनमा १८ रुपैयाँ २२ पैसा र मट्टीतेलमा १० रुपैयाँ २७ पैसा नाफा छ । त्यस्तै, २५ रुपैयाँ घटाइए पनि खाना पकाउने ग्यासमा निगमलाई अझै प्रतिसिलिण्डर ३९ रुपैयाँ नाफा छ ।

निगमले यसअघि १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार हुँदै आएको खाना पकाउने एलपी सिलिण्डरको प्रतिसिलिण्डर मूल्य समायोजन गरेर १ हजार ३ सय ५० रुपैयाँमा झारेको छ ।

त्यस्तै, यसअघि प्रतिलिटर सय रुपैयाँमा कारोबार हुँदै आएको पेट्रोल ९८ रुपैयाँ, प्रतिलिटर ७६ रुपैयाँमा कारोबार हुँदै आएको डिजेलको मूल्य ७४ र प्रतिलिटर ७६ रुपैयाँमा कारोबार हुँदै आएको मट्टीतेलको मूल्य ७४ रुपैयाँमा झारेको छ । हवाइ इन्धनको प्रतिलिटर मूल्य ८६ रुपैैयाँबाट ८२ रुपैयाँमा समायोजन गरिएको छ ।

भएन अन्तर्राष्ट्रिय मूल्य अनुसारको समायोजन

निगमका अनुसार, अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको प्रतिब्यारेल मूल्य ४६ अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको उक्त मूल्य अनुसार, नेपालमा इन्धनको मूल्य हाल समायोजन गरिएभन्दा भन्दा पनि बढी दरमा घटाउन सकिने जानकारहरु बताउँछन् ।

निगम पेट्रोलियम पदार्थको कारोबारमा स्वचालित मूल्य प्रणाली अवलम्बन गरे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसअनुरुप स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा स्थानीय बजारमा पनि घट्ने र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्थानीय बजारमा पनि सोही अनुसार मूल्य बढाउनुपर्ने हो ।

तर अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य जुन दरमा घटेको छ सो अनुसार निगमले नेपालमा मूल्य समायोजन गरेको छैन । सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मटितेल र हवाइ इन्धनमा स्वचालित मूल्य लागू गरिसकेको छ ।

स्वचालित मूल्य प्रणाली अंगाले पनि पेट्रोलियम कारोबारमा निगमले उक्त कार्यविधि पूर्णतः कार्यान्वयनमा ल्याएको छैन । संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पनि यस विषयमा पटक –पटक ध्यानाकर्षण गर्दै आएको छ ।

भारतमा महंगो भएको बहानाबाजी

निगमले नेपालमा इन्धनको मूल्य घटाउँदा भारतमा इन्धनको मूल्य महंगो भएकाले आयात गरिएको इन्धन उतैतिर फर्कने जोखिमको बहाना बनाउँदै आएको छ ।

निगमका अनुसार, अहिले भारतीय बजारमा प्रतिलिटर पेट्रोलको मूल्य १ सय ५ (नेपाली रुपैयाँ) र डिजेलको प्रतिलिटर मूल्य ९० रुपैयाँ ९४ पैसा छ । जसअनुसार भारतमा भन्दा नेपालको प्रतिलिटर पेट्रोलको मूल्य अन्तर झण्डै १० रुपैयाँ र डिजेलको झण्डै १७ रुपैयाँ छ ।

नेपाल आयात गरिएको इन्धनको पुनः उतैतिर जाने जोखिम रहेका बेला तस्करी रोक्नुको सट्टा सरकारले मूल्य बढाएर उपभोक्तालाई त्यसको सिकार बनाउँदै आएको छ ।

भारत सरकारले इन्धनमा झण्डै आधा दर्जन कर लगाउने हुँदा इन्धनको मूल्य नेपालको भन्दा बढी छ । नेपाल निर्यात गर्ने इन्धनमा भने भारत सरकारले छुट दिँदै आएको छ ।

अघिल्लो महिनामात्रै ७३ करोड नाफा

निगमले अघिल्लो महिना पेट्रोलियम कारोबारबाट ७३ करोड रुपैयाँ कमाएको थियो । इन्डियन आयल कर्पोरिसन (आईओसी)ले प्रत्येक महिना १ र १५ तारिकमा नयाँ मूल्यसूची पठाउँछ । सोही अनुसार नेपालमा नयाँ मूल्यसूची कायम गर्दै आएको निगमको दावी छ ।

यसअघि असार २ मा पनि निगमले डिजेल तथा पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा मूल्य घटाएको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x